News
»
.अफगानिस्तानको अस्पतालले बिदा दिएका गुरूङले पाए नयाँ जीवन
.अफगानिस्तानको अस्पतालले बिदा दिएका गुरूङले पाए नयाँ जीवन
९ साउन, काठमाडैं । अफगानिस्तानमा अचानक बिरामी परेर सिकिस्त भएका लम्जुङका खड्ग सिं नयाँ जीवन पाएका छन् ।दुइ बर्ष अघिदेखि अफगानिस्तानको काबुलस्थित एक कम्पनिमा सुरक्षा गार्डका रुपमा कार्यरत नेपाली गुरुङ अचानक पेट दुखेपछि काबुल स्थित ग्लोबल अस्पतालमा भर्ना भएका थिए ।
ग्लोवल अस्पतालले गुरुङमा पेट भित्रको आन्द्रा कुहिने समस्या भएको ठहर गरी ७२ घण्टामा मृत्यु हुनसक्ने भन्दै परिवारसँग भेट्नका लागि नेपाल फिर्ता पठाइएको थियो ।परिवारसँग भेट्नकालागि नेपाल पठाइएका उनलाइ परिवारजन र आफन्तले ग्रान्डी अस्पतालमा ल्याएर भर्ना गरे । ग्रान्डी अस्पतालका जनरल सर्जन डाक्टर राकेशकुमार साहले उनको स्वास्थ्य परिक्षण गरे ।जुन हिसावले अफगानिस्तानको अस्पतालले गुरुङलाइ सबै आन्द्रा कुहिएको र शल्यकृया गर्नु उपयुक्त नभएको र केहिदिन भित्र निधन हुने ठहरको डिस्चार्ज समरीसहित नेपाल पठाएको थियो । डाक्टर साहले दोहोर्याएर गुरुङको परिक्षणहरु गरे । उनले परिक्षणका रिपोर्टहरु काबुलको ग्लोबल अस्पतालको भन्दा फरक पाए ।अस्पतालको मल्टी डिस्सेप्लीनरी अप्रोच र एक्सपर्ट डाक्टरहरुको टिमले गुरुङको उपचार गर्न सक्ने ठहर गरे । मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेसँगको परामर्शपछि गुरुङको शल्यकृया गर्ने निर्णय लिइयो ।दुइपटकको सफल शल्यकृया पछि गुरुङको स्वास्थ्य अवस्थामा अहिले क्रमिक सुधार भइरहेको छ । उनी खाना खाने र हिँडडुलसमेत गर्न सक्ने भएका छन् ।source taja khabar
प्रतिक्रिया दिनुहोस्...