.रातभरी अस्पतालमा कुरुवा बस्दा आखिर के भने पारसले हिमानीलाई ?
Advertisement

काठमाडौं । पूर्व युवराज पारस शाह मुटुको सफल उपचारपछि बुधबार दिउँसो नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका पारसको मुटुमा पेस मेकर राखिएपछि डिस्चार्ज भएका हुन् ।


अस्पतालबाट आफैंले गाडी चलाएर पारस बाहिरिएका थिए । रातो सर्ट र कालो चश्मा लगाएका उनी प्रफुल्लित मुद्रामा देखिएका थिए ।स्रोतका अनुसार अस्पतालबाट उनी निर्मल निवास नगई धीरेन्द्रकी छोरी शितास्माको घरमा गएका छन् ।अस्पताल आउनुअघि पनि उनी शितास्माकै घरमा थिए ।

नर्भिकका चिकित्सक भरत रावतसहितको टोलीले पारसको मुटुको धड्कन सामन्य गतिमा चल्न दिनका लागि आइतबारै पेस मेकर राखिदिएका थिए । अस्पतालबाट डिस्चार्ज भएपनि उनलाई लिन भने राजपरिवाट कोहिँ पनि आएका थिएनन् ।

अस्पतालमा पारस भर्ना हुँदा उनकी श्रीमती हिमानी शाह राभरी कुरुवा बसेकी थिइन तर डिस्चार्ज भएको बेला भने उनी अस्पतालमा देखा परेकी थिइनन्source khabarsansar



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.