.अमिर खानको भतिजा बताउने नेपाली निर्देशक लाखौं रुपैयाँ लिएर फरार
Advertisement

मिडिया एनपी, काठमाडौं, २९ असार । नेपाली निर्देशक कमलकृष्णले बलिउड सिने नगरमा पुगेर तहल्का मच्चाएका छन् । तर, उनले राम्रो काम गरेर इनाम कमाएका भने होईनन् । उनले बलिउड सिने नगरिमा प्रवेश गरेर कलाकार ठगेको भन्दै ११ भारतीय कलाकारले प्रहरीमा उजुरी दर्ता गरेका छन् । आफूलाई आमिर खानको भतिजा भएको बताउँदै फिल्म छायांकन गरेर फरार भएपछि कमलकृष्णविरुद्ध ११ भारतीय कलाकारले प्रहरीमा उजुरी दर्ता गरेका हुन । उनले कलाकारबाट समेत ठुलो रकम लिएको समाचार सिलिगुढीबाट प्रकाशित हुने अखबार जागरणले प्रकाशित गरेको छ ।

प्रधाननगर पुलिस चौकीमा कमलकृष्ण र होटलका प्रबन्धकविरुद्ध उजुरी दर्ता भएको जनाइएको छ । भारतीय पूर्वोत्तर फिल्म संघका अध्यक्ष टीकम शर्माका अनुसार दुई महिना पहिले कमलकृष्णले आफूलाई आमिर खानको भतिजा बताउँदै रकम असुली गरि फिल्म सुट गरेका थिए । टीकमले नेपाली सिनेमाको भारतीय वितरण पनि गर्दै आइरहेका छन् । कमलकृष्णलाई पक्राउ गर्न भारतीय प्रहरीले काठमाडौंस्थित दुतावासमा समेत पत्राचार गरेको समाचारमा उल्लेख छ । कमलकृष्णले रावण, फुलस्टप, दमदारसहितका नेपाली फिल्म निर्देशन र संगीत भरेका छन् ।
source medianp

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.