मंगलबार विहानै ७ रेक्टर स्केलको भूकम्प पछि मानिसहरु भागाभाग -सुनामीको खतरा
Advertisement

१२ साउन, एजेन्सी ।
इण्डोनेशियाको पपुवा क्षेत्रमा मंगलबार विहानै ७ रेक्टर स्केलको भूकम्प भएको अमेरिकी भौगर्भिक विभाग युएसजिएसले दिएको छ । प्रान्तीय राजधानी जयापुराबाट २५० किलो मिटर क्षेत्रमा उक्त भुकम्पको केन्द्र रहेको समाचारमा जनाइएको छ ।

अहिले सम्म कुनै हताहतीको विवरण प्राप्त भएको छैन । सूनामीको चेतावनी जारी गरिएको छैन तर सुनामी र पहिरोको उच्च खतरा रहेको अधिकारीहरुले बताएका छन् ।
मानिसहरु भूकम्पपछि भागाभाग गरेको पनि समाचारमा उल्लेख छ । मानिसहरु पहिरो जाने क्षेत्रबाट अन्य क्षेत्रमा गइरहेका छन् ।
इण्डोनेशिया भूकम्पको उच्च जोखिम भएका क्षेत्रमा पर्छ ।source:nepaliheadlines

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.