मिडिया एनपी, काठमाडौं, ६ साउन । नयाँ संविधानको प्रारम्भिक मस्यौदाप्रति मुलुकभर सुझाव संकलन सकिएको भोलि पल्ट मंगलबार पूर्वराजा ज्ञानेन्द्र शाहले पनि मस्यौदा परिवर्तन गर्न सुझाव दिएका छन् ।
सोमबार र मंगलबार तीव्र विवादका बीच मुलुकभर संकलन गरिएको सुझावमा मस्यौदा व्यापक रुपमा परिवर्तन गर्नुपर्ने राय आएका बेला मंगलबार पूर्वराजा ज्ञानेन्द्रले पनि सबैलाई समेट्ने खालको संविधान जारी हुनुपर्ने सुझाव दिएका हुन् ।
काठमाडौंको वसन्तपुरस्थित महादेवको मन्दिरमा पूजा गर्न पुगेका ज्ञानेन्द्रले जारी मस्यौदा भेदभावपूर्ण रहेकाले सच्याउन आवश्यक रहेको बताएका हुन् । ‘संविधानले सबैको भावना समेटेको हुनु पर्छ’, उनले भने, ‘कसैलाई काखा कसैलाई पाखा गरिनु हुँदैन । प्रारम्भिक मस्यौदा माथि संकलन गरिएको सुझावमा अधिकांसले कार्यकारी प्रत्यक्ष निर्वाचित हुनु पर्ने, धार्मिक स्वतन्त्रता हुनु पर्ने लागयतका राय दिएका छन् । नागरिकस्तरबाट आएका सुझावले मस्यौदा पनि परिमार्जित गर्नुपर्ने अवस्था देखिएको छ ।
Advertisement