.पाकिस्तानको आलोचना गर्ने फिल्म मलाई मनपर्दैनन्: सलमान
Advertisement
बलिउड अभिनेता सलमान खानले आफूलाई पाकिस्तानको आलोचना गरिएका फिल्म मननपर्ने बताएका छन्। उनले भने, ' मलाई पाकिस्तानलाई नकारात्मक देखाइएका फिल्म बिल्कुलै मनपर्देनन्। के हामी कसैले इन्डियाको बारेमा नराम्रो बोलेको सुन्न सक्छौं? पाकिस्तानीहरुको हकमा पनि त्यही कुरा लागू हुन्छ। त्यो उनीहरुको देश हो। पहिले पहिले भारतीयहरु पाकिस्तान पुग्दा त्यहाँ उनीहरुको राम्रो स्वागत-सत्कार हुन्थ्यो। मानिसहरु त्यो मेजमानीको प्रशंसा गर्थे। उनीहरु पनि यता आँउथे जसका कारण सम्बन्ध राम्रो थियो। यदि लड्ने त्यस्तो नै इच्छा छ भने सत्तामा बसेकाहरु आफै किन गोली खाँदैनन्। यसका लागि सैनिकहरुलाई किन अगाडी सार्छन्?'

Advertisement