.संसारको सबै भन्दा सानो देश समुन्द्रमा डुब्न लागेपछि बचाउन प्रधानमन्त्री द्वारा हार-गुहार...
Advertisement
एजेन्सी ।
एका एक कुनै देशको नक्शा नै मेटिने खतरा भयो भने के गर्ने? यहाँ कुनै देशमा भएको सैन्य आक्रमणको कुरा गरिएको छैन । खासमा यो मुद्धा जलवायु परिवर्तनसँग सम्बन्धित छ ।
संसारको सबैभन्दा सानो देश ताबालु जलवायु परिवर्तनबाट सदाका लागि लोप हुने चरणमा पुगेको छ । यो देश अव समुन्द्रमा डुब्ने तयारीमा छ । यी कारण तवालुका प्रधानमन्त्री एनेल स्पोआगले युरोपेली देशहरुलाई आफ्नो देशलाई डुब्नबाट बचाउन अपिल गरेका छन् ।
यहाँका मानिसहरु अव देशमा बस्न नसकिने अवस्था आएको भन्दै आतंकित छन् । कतिपय मानिसले ताबालु छोडिसकेका छन् ।
तवालुको जनसंख्या केवल १० हजार छ । यहाँको सबैभन्दा अग्लो स्थान समुन्द्री सतहबाट केवल ४ मिटर उचाइमा छ । विश्वभरी तापमान वृद्धी भैरहँदा यो देशले आफ्नो अस्तित्व नै गुमाउने अवस्था आएको हो ।
प्रशान्त क्षेत्रमा फेलिएका द्वीपको समूहमा पर्ने तवालु सन् १९७८ मा बेलायतबाट स्वतन्त्र भएको थियो । समुुन्द्री सतहमा भैरहेको निरन्तरको वृद्धीले तबालु जस्ता देश डुब्ने चरणमा पुगेका छन् ।
सार्क राष्ट्र माल्दिभ्स समेत डुब्न लागेको चर्चा हुने गरेको छ भने बंगलादेशका विभिन्न क्षेत्र समुन्द्री डुवानको खतरामा छन् ।
देश डुब्न लागेपछि प्रधानमन्त्री एनेल युरोपेली संघका नेताहरुसँग कुरा गर्न ब्रसेल्स पुगेका छन् । उनले संसारमा विश्वब्यापी तापक्रम घटाउने काम गर्न अपिल गरेका छन् । source taja khabar
Advertisement