बोले रुकमांगत कटवाल, यसरी खोले १६ बुँदेको पोल (भिडियो सहित)
Advertisement

काठमाडौं । राजनीति नगरेर पनि राजनीतिको केन्द्रमा पर्दै आएका पूर्व प्रधानसेनापति रुकमाङ्गत कटुवालले वाह्य शक्तिको आडमा दलहरुबिच १६ बुँदें सहमति भएको दाबी गरेका छन् । भ्रष्ट्राचारमुक्त समाज निर्माणका बिषयमा शनिबार काठमाडौंमा भएको अन्तरक्रियामा उनले वाह्य शक्तिको आडमा दलहरुले बाध्यात्मक परिस्थीतमा सहमति गरेको दाबी गरे । तर, कुन शक्तिको आडमा सहमति गरिएको थियो त्यो भने खुलाउन चाहेनन् । उनले दलहरुलाई बाध्यात्मक अबस्था सिर्जना नभएको भए आगामी ५–६ बर्षसम्म पनि संबिधान निर्माण हुने अबस्था नै नआउने उल्लेख गरे । अदालतले १६ बुदेका बिषयमा गरेको फैसला नमान्दै प्रजातन्त्र बिग्रन्छ भनेर लोकतन्त्रको भाषण गर्नेले अदालतको अपहेलना गरेको उनको भनाइ छ । कटुवालले दलहरुले प्रजातन्त्रीक पद्धतीमा बिश्वास नगरेकै कारण संबैधानिक उपाय अबलम्वन नगरेको धारणा पनि राखे । अहिले व्यबस्थापिका कार्यपालीका र न्यायपालीकाकाबीचमा नै मनमुटावको अबस्था सिर्जना गराइएको कटवालको आरोप छ । स्रोत: नेपाल संदेश 




Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.