-कोरियाबाट डोल्माको गुहार ‘कृपया बचाई दिनुहोस’...
Advertisement
देवेन्द्र सम्बाहाम्फे सोल-दोलखा खोपाचाकुकी डोल्मा शेर्पाले सानो छन्द नर्स बनेर बिरामीहरुको उपचार गर्ने सपना बुनेकी थिइन् तर त्यो सपना पुरा हुन नपाउदै सिन्धुपाल्चोकका दोर्जे शेर्पाको अर्धांगिनी बन्नुपर्यो |
दोर्जेसंग जिबनसाथीको साइनो गासिएपछि एक छोरा र एक छोरी जन्मिए | परिवार पाल्न र छोरा छोरी हुर्काउन बढाउन दोर्जे कहिले मलेसिया र कहिले भारत गए | डोल्मा गाउमै छोराछोरीको स्याहार सुसार गर्दै बस्थिन |
दोर्जे नेपाल हुँदा गाउँमा भन्दा काठमाडौं बस्ने गर्थे | काठमाडौंको रङ्गीन बातावरणमा रुमल्लिएका दोर्जेले डोल्मालाई बिर्सिंदै गए | बर्षौं डोल्मा ४,५ बर्ष बितिसक्दा पनि दोर्जे सम्पर्कमा आएनन |
दोर्जेको अभावमा छोराछोरी हुर्काउनु उनलाई पर्नु कस्ट पर्यो | दोर्जे हराएपछि बैबाहिक भिसामा कोरिया आउने योजना डोल्माले बनाइन | यसमा गाउँले दिदीहरुले डोल्माको कान फुकी दिए | ‘कोरियन पुरुषसँग बिबाह गरे भविष्य उज्वल हुन्छ’ भनेर ती गाउँले दिदिहरुले डोल्मालाई भनेका थिए |
उनीहरुले नै केटा खोजेर नेपाल पठाए | अनि आफू भन्दा २३ बर्ष जेठोसंग बिबाह गरेर कोरियाको छन्जुमा गाउँमा आइन | यहाँ आएपछि थाहा पाइन् श्रीमान पहिलो श्रीमतीसंग समबन्ध बिच्छेद गरेर बसेका रहेछन | छोरा छोरी पनि आफु समानका रहेछन | श्रीमान ट्याक्सी ड्राइभर थिए | भाषा जानी नजानी डोल्माले एउटा कम्पनीमा काम गर्न थालिन | दुख सुख एक वर्ष चलिरहेकै बेला श्रीमान सवारी दुर्घटनामा परेर मृत्यु भयो |
त्यससंगै उनि संकटमा परे | नियम अनुसार डोल्माले श्रीमानको बिमा पाउनुपर्ने भए पनि जेठीपट्टिकाले नक्कली बिबाह गरेको भन्दै अदालतमा मुद्दा हाले | अझ उनको भिसा रद्द गराई दिन अध्यागमन विभागमा निबेदन दिए | भाषा अज्ञानताका कारण सबै निकायमा मनको कुरा राख्न सकिनन् | क्षतिपूर्तिको मुद्दा अझै चलिरहेको छ | आफुले कोरियाली कानुन बमोजिम न्याय पाउने वा नपाउने हो उनि अनभिज्ञ छिन् |
श्रीमान बितेको बर्ष दिन हुँदा नहुँदै उनलाई बोनम्यारो अभाव भयो | अलीअलि कमाएको पैसाले उपचार गरेपछि लिज्जा काफ्लेको सहयोगमा फेरी काम गर्न शुरु गरिन | ३ महिना जाति काम गर्दागर्दै उनलाई पुन बोनम्यारो अभाव भयो र केहि दिनदेखि सुवनको आजु बिश्वविद्यालयको अस्पतालमा उपचार गराईरहेकी छिन् | चिकित्सकहरुले किमो थेरापी गराएका छन् |
किमो थेरापीपछि बोनम्यारो प्रत्यारोपण गर्न भनेका छन् | हप्ता दिनमै अस्पतालको बिल ६० लाख वनभन्दा बढी उठेको छ | बोनम्यारो प्रत्यारोपण महँगो अझ हुने भएको र आफुसंग पैसा नभएकाले डोल्माले अस्पतालको शैय्याबाट आफ्नो जिबन बचाई दिन संसारभारी रहेका नेपालीलाई गुहार मागेकी छिन् | उनले भक्कनिन्दै भनिन् ‘कृपया बचाई दिनुहोस | ’ सहयोग गर्न चाहनेहरुले सोलस्थित नेपाली दूताबास वा डोल्मालाई 01046985522 मा फोन गरेर सहयोग गर्न सकिनेछ |
Advertisement