४५ वर्षीया महिलाका छोराका बाबु १४ वर्षीय बालक
Advertisement
एक १४ वर्षीय बालक ४५ वर्षीया महिलाका छोराका बाबु बनेका छन् । भारतको मध्यप्रदेशस्थित सहडोल जिल्लामा एउटा आश्चर्यमा पार्ने घटना बाहिर आएको छ ।
महिलाले केही महिनादेखि आफूमाथि लगातार आरोप लगाएपछि ती बालकले घटबारे सहडोल जिल्लाका एएसपीकहाँ उजुरी दिएका हुन् । स्कुल पढ्दै गरेका ती बालकमाथि यो आरोप लागेको समाचारले भारतका मिडियामा चर्चा पाएको छ ।
ती बालकले महिलालार्इ चिन्ने बताएपनि उनीसँग कुनै किसिमको शारीरिक सम्बन्ध रहेको कुरालार्इ सरासर गलत भएको जनाएका छन् ।
ती बालकले पुलिसलार्इ बताएअनुसार महिलाको आफ्नो पतिका तर्फबाट यसअघि नै बच्चो रहेको छ । बच्चाको जन्म भएपछि उनका पतिको निधन भएको ती बालकको दाबीऊ छ ।
बालकले आफूमाथि गलत आरोप लगाएर ती महिलाले गाउँमा आफ्नो चरित्र हत्या गरेको दाबी गरेका छन् ।
करिब २ महिनाअघि पनि यिनै बालकले महिलाविरुद्ध गोहपारू पुलिस स्टेशनमा निवेदन दिएका थिए । त्यो बेला छलफल गरेर विवाद मिलाइएको थियो । यो पटक पनि विवाद गाउँमै मिलाउन खोजिएपनि सम्भव नभएपछि कुरा प्रहरीसम्म पुगेको हो ।annapurnapost.com
Advertisement