आज राति पृथ्बीमा अद्भुत खगोलीय घटना घट्दै
Advertisement
आज आइतबारको दिन मुलत: बैज्ञानिकहरुको लागि तथा पृथ्बीका सम्पूर्ण मानिसहरुको लागि महत्वपूर्ण हुनेछ । लन्डनको समय अनुसार आज राति ११ बजे एउटा विशाल क्षुद्रग्रह (एस्टेरोईड) पृथ्वीको एकदम नजिक भएर जाने छ ।
नेपालमा बिहान ४ : १५ बजे
यो खगोलिय घटना नेपाली समय अनुसार भोलि सोमबार बिहान ४ बजेर १५ मिनेट जाँदा इंटरनेटमा हेर्न सकिन्छ ।
खनिजले भरिएको समाचार वेबसाइट द मिररको रिपोर्ट अनुसार उक्त क्षुद्रग्रह (एस्टेरोईड) को तौल नौ करोड़ टनको हुने छ। यूडब्ल्यू-158 नाम भएको सो क्षुद्रग्रह पांच खरब डलर बराबरको मूल्य पर्ने प्लाटिनम हुन सक्छ । हिन्दी अनलाइन पत्रिका डट कमका अनुसार केनेरी द्वीपमा रहेको प्रयोगशालाबाट यसको तस्बिर इन्टरनेटमा सार्बजनिक गरिनेछ । त्यहाँ टेलीस्कोपलाई इंटरनेटमा जोड्ने प्रबिधि जडान गरिएको छ ।
onlinepatrika.com
Advertisement