घरैमा कोठी चलाउने ६ युवती पक्राउ...
Advertisement

धनगढी : धनगढीका होटेलहरुमा प्रहरीले छापा हान्न थालेपछि घरमै कोठी संचालन गरेर यौन धन्दा चलाउने गिरोह सक्रिय भएको खुलेको छ ।
धनगढीको उत्तरबेहडी स्थित एक कच्चीघरमा सामुहिकरुपमा व्यवसायिक यौन धन्दामा संलग्न ६ युवती पक्राउ परेपछि घरमै कोठी सञ्चालन भईरहेको खुलासा भएको हो ।

प्रहरीले शनिबार बिहान उत्तरबेहडीस्थित बम्मर चौधरीको घरको कोठा भाडामा लिएर बस्दै आएका ६ युवतीलाई सोही घरको नजिकैको अर्को घरबाट पक्रेको हो ।
उत्तरबेहडीबाट पक्राउ परेका ६ मध्ये ४ युवतीलाई यसअघि पनि धनगढीका विभिन्न होटेलबाट पक्राउ गरी सम्झाएर छाडिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उत्तरबेहडीको सो झुपडीमा सामूहिक यौन धन्दा चलिरहेको विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरिक्षक मनोहर भट्टले जानकारी दिए  ।
पक्राउ परेका सबै युवतीहरु, उत्तरबेहडी क्षेत्रका विभिन्न घरमा कोठा बहाल लिएर बसेका थिए । उक्त कच्ची घरबाट सामुहिक यौन धन्दा चलाईरहेका भेटिएको प्रहरी निरीक्षक भट्टको दाबी छ ।
प्रहरी निरीक्षक भट्टले ती युवतीहरु फोन सम्पर्कका आधारमा ग्राहकलाई बोलाएर यौन धन्दा चलाईरहेको खुल्नमा आएको बताए । पक्राउ सबै युवतीलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ सबै युवती कैलालीकै हुन् । source:kantipursamachar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.