.चीनले दियो जापानलाई चेतावनी...
Advertisement

बेइजिङ:  बिग्रँदो क्षेत्रीय शान्ति सुरक्षाप्रति चीनले जापानलाई चेतावनी दिएको छ । चीनको यो चेतावनी जापानी संसदले जापानले हालैे सैन्यशक्ति विदेश पठाउन सक्ने गरी विधेयक पास गरेपछि आएको हो । जापानले दोस्रो विश्वयुद्ध यता आफ्नो सेनालाई देश बाहिर पठाएको छैन ।


“अब जापानसमक्ष यो प्रश्न सोध्न आवश्यक भएको छ कि के जापान पूर्णरुपले सुरक्षासम्बन्धी नीतिलाई परिवर्तन गर्न चाहेको हो,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले विहीबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन् ।
“हामीे जापानी पक्षसँग गम्भीररुपमा चिनियाँ सार्वभौमसत्तालाई खतरा दिने काम नहोस् भन्दै यस क्षेत्रमा व्याप्त शान्ति सुरक्षामाथि दखल नदिन आग्रह गर्न चाहन्छौँ,” हुवाद्वारा हस्ताक्षरित चिनियाँ मन्त्रालयको वेबसाइटमा राखिएको उक्त वक्तव्यमा जनाइएको छ । हुवाले जापानको यो विधेयक पास गर्नुलाई अनपेक्षित कदमको संज्ञा दिएका छन् ।
जापानले चीनविरुद्ध सन् १९३७ मा ठूलो आक्रमण गरेको र यसको असर झन्डै ७८ वर्षपछि आजसम्म पनि कुनै न कुनै रुपमा रहेको बताइएको छ ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.