.पत्रकार सम्मेलन गर्दै पूर्वयुवराज्ञी हिमानीले गरिन् यस्तो आह्वान (हेर्नुहोस् भिडियो सहित)
Advertisement

काठमाडौं, ७ साउन । सामाजिक कार्यमा सक्रिय रहँदै आएको हिमानी ट्रष्टकी अध्यक्ष तथा पूर्वयुवराज्ञी हिमानी शाहले भूकम्पपछिको मुलुकको सबै परिस्थितिलाई सबै मिलेर उकास्न लाग्नुपर्ने बताएकी छिन् ।
बालुवाटारस्थित ट्रष्टको कार्यालयमा बिहीबार भएको पत्रकार भेटघाट कार्यक्रममा उनले देशको पुनर्निर्माण तथा भूकम्प पीडितको अवस्थालाई सुधार्न सबै एक जुट भएर लाग्नुपर्ने बताइन् । देश निर्माण गर्ने सबैको भावना हुनुपर्ने भन्दै उनले ट्रष्ट यसमा प्रतिबद्ध रहेकाले सबैलाई एक जुट हुन पनि आह्वान गरिन् ।
ऐन, नियमको परिधि भित्र रहेर सरकारको समन्वयमा अब ट्रष्टले भूकम्प पीडितलाई भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने पत्रकार भेटघाटमा जानकारी दिइयो । संविधानको मस्यौदाप्रति ट्रष्टको सुझाव के छ भनी पत्रकारले जिज्ञासा राख्दा पूर्वयुवराज्ञी हिमानले भनिन्, ‘मस्यौदामा देखिएका त्रुटि सच्याएर जनातको आवाज र भावनालाई समेट्नु पर्छ ।’

यसअघि काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, ओखलढुङ्गा, नुवाकोट, गोरखा, धादिङ लगायतका जिल्लामा ट्रष्टले भूकम्प पीडितहरुलाई जस्तापाता, खाद्यान्न, औषधि, लत्ताकपडा, त्रिपाल, ब्ल्याङकेट लगायतका राहत सामाग्री वितरण गरेको थियो ।source http://medianp.com/

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.