भनिन्छ आमाबाबु छोराछोरीका लागि भगवान हुन् तर, यहाँ एक युवती आफ्नै आमाबाबुका कारण यौन शोषणको सिकार बनेकी छिन् । बिहारको गयामा एक बाबुले इच्छाविपरित आफ्नै छोरीलाई छिमेकीको हातमा सुम्पिदिएका छन् । पैसाको लोभमा बाबुले आफ्नी छोरीलाई पहिला आफूले यौन शोषण गरी शारीरिक सम्पर्कका लागि छिमेकीलाई नै बेचेका हुन् । यो क्रम करिब २ वर्षसम्म चलेको थियो । यस्तो काम गर्ने क्रममा उनकी छोरी गर्भवती भईन्, तर, उनलाई गर्भपतन गराएर फेरि धन्दामा लगाइयो । छोरीले जब आमालाई यो कुरा बताइन् तब आमाले पनि चुप लागेर बस्ने सल्लाह दिइन् । करिब २ वर्षको यस्तो शोषणपछि अन्तिममा पीडित युवती आफ्ना नातेदारको मद्दले पुलिसको ढोकामा न्याय माग्न पुगेकी छिन् । उनको गुहार सुनेर पुलिसले घटनामा अनुसन्धान थालेको छ । भारतीय सञ्चारमाध्यमले जनाएअुनसार फतेहपुर थानाको एक गाउँकी युवती पिताको अत्याचारबाट हैरान भएर घरबाट भागिन् । भागेर गयामा एक नातेदारको घर पुगेर उनले आफूमाथि भएको सबै शोषणबारे आफन्तलाई सुनाईन् । त्यसपछि उनका आफ्न्तले उनलाई लिएर एसएसपी अफिस पुगे । पीड़ित युवतीले पुलिसलाई दिएको बयान अनुसार सानै उमेरमा पिताले उनको यौन शोषण गरेका थिए ।
Advertisement