.फेसबुक स्ट्याटसले अष्ट्रेलियन महिला जेलमा
Advertisement
आबुधाबी—फेसबुकमा 'फोहोर' शब्द लेखेको अभियोगमा एक अष्ट्रेलियन महिलालाई युनाइटेड अरब इमिरेट्सले देश निकाला गर्ने भएको छ। अदालतले जोडी मगी, ३९लाई 'सामाजिक सञ्जालमा खराब शब्द' लेखेको अभियोगमो यस्तो सजाय तोकेको हो।
जुनमा उनीविरुद्ध आबुधाबी अदालतमा मुद्दा दायर भएको थियो। सो मुद्दाको फैसला गर्दै अदालतले ‘व्यक्तिविरुद्ध सामाजिक सञ्जालमा खराब शब्द’ प्रयोग गरेकोमा मगीलाई दोषी ठहर गरेर सजाय सुनाएको हो। उनलाई अदालतले ३६०० अष्ट्रेलियन डलर जरिवाना र देश निकाला आदेश सुनाएको छ।
आइतबारदेखि उनलाई जेलमा राखिएको छ। कति समय जेलमा राखिने हो स्पष्ट नभएको अष्ट्रेलियन रेडियो एबीसीले उल्लेख गरेको छ। ‘म मेरो जीवनलाई अनिश्ति पाइरहेकी छु’, उनले भनेकी छन्, ‘कोही मसँग कुरा गरिरहेका छैनन्। के हुँदैछ कसैले मलाई केही भनिएको छैन।’
मगी अबुधाबीमा सन् २०१२ देखि इमिरेट्स महिलालाई ग्राफिक डिजाइन पाठ्यक्रम पढाउँदै आएकी थिइन्। उनको फेसबुक पेजमा साथीहरुले उनीमाथि गहिरो साहनुभूति देखाएका छन्।
‘बलियो बन जोडी तिमी एक्लै छैनौं। हामी सबै तिम्राबारेमा सोचिरहेका छौं’, एक साथीले उनको फेसबुक पेजमा लेखका छन्।source taja khabar
Advertisement