पृथ्वीमा जमिन भासिएर पानी पानी हुन सक्ने बैज्ञानिक चेतावनी
Advertisement
२८ असार, काठमाडौं ।
पृथ्वीमा ठूलो संकट आउन सक्ने चेतावनी बेलायती बैज्ञानिकहरुले दिएका छन् ।
यदि उनीहरुले भनेको जस्तै गरी पृथ्वीको सतही परत पातलो हुँदै गयो भने कुनै बेला यस्तो आउने छ जतिबेला पृथ्वीमा जमिन नभएर पानी पनी मात्र हुनेछ ।
‘न्यू साइन्टिस्ट’ नामक म्यागजिनमा प्रकाशित यो दावी अनुसार पृथ्वीका सतही परतहरु तीव्र गतिमा पातलिँदै गएका छन् ।
यस्तो प्रक्रिया लामो समय सम्म चलेमा पृथ्वी समुन्द्रमा डुब्ने छ । बेलायतको युनिभर्सिटी अफ ब्रिष्टलका ब्रुनो धुइमे र उनका साथीहरुले १३००० चट्टानमा नमूना परीक्षण गरेर लामो अध्यनपछि यस्तो निष्कर्ष निकालेका हुन् ।
Advertisement