स्वामी कमलनयनाचार्यका अनुयायी द्वारा महेन्द्रराजमार्गमा अवरोध
Advertisement

हिन्दुधर्म माग गर्दै प्रर्दशन
एककप चियाको ४० रुपैयाँ, पानीको ५०
नारायण शर्मा
नवलपरासी, श्रावण १३ - नयाँ संविधानमा हिन्दुधर्मको ग्यारेन्टि हुनुपर्ने माग गर्दै कमलनयनाचार्यका अनुयायीहरुले महेन्द्रराजमार्ग आज बिहानैदेखि अवरोध गरेका छन् ।  
कमलनयनाचार्यको आव्हानमा हिन्दु धर्मावलम्बीहरु राजमार्ग कब्जा गर्न उत्रिदा महेन्द्रराजमार्ग हुँदै पुर्वपश्चिम हिँडेका हजारौ यात्रु पानी समेत खान नपाउने जंगलमा अलपत्र रहेका छन् ।

राजमार्गको गैँडाकोट, दुम्कौली, रजहर, कावासोती, दुम्किवास, बर्दघाट, त्रिवेणी र सुनवलमा बन्दकर्ताहरुले भजनकिर्तन सहित प्रर्दशन गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ताले जानकारी दिएका छन् ।
विभिन्न धार्मिक संघसंस्था र मठमन्दिरका पदाधिकारीहरुको पहलमा बन्द आयोजना गरीएको नारायणी टोलसुधार समिति देबचुलीका अध्यक्ष बसन्त पोखरेलले बताए । उनले आफुहरुको माग सम्बोधन नभएसम्म शान्तिपुर्ण बन्द जारी रहने दाबी गरे ।
एककप चियाको ४० रुपैयाँ, पानीको ५०
राजमार्गमा चिया बेच्न थालेका स्थानिय पसललेले बन्दले जंगलमा अलपत्र यात्रुबाट एक कप चियाको ४० रुपैयाँसम्म असुलेका छन् । गैँडाकोट स्थित जयश्रीपुल भाँचिएर अलपत्रहरुलाई समेत पुलको मुख नजिकमा रहेको पसलेले एक कप चियाको ४० रुपैयाँ र एक बोतल पानीको ५० का दरले पैसा असुलेको अछाम हिँडेका यात्रु नयनसिंह कडायतले दुखेसो पोखे । उनले प्रहरीले प्रभावकारी अनुगमन नगर्दा यस्तो हालत भएको गुनासो गरे ।
यता नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालीले बढि मुल्यमा चिया, चाउचाउ र पानी बिक्रि गरेको उजुरीका आधारमा बजार अनुगमन गर्न टोलि खटाइएको दाबी गरे । ‘बढि मुल्य असुल्नेलाई ठाउँको ठाउँ कारबाही गर्छु,’ उनले भने ।source:ekantipur

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.