राजविराज-छोरो विदेशिएका बेला परपुरुषसँगको सम्पर्कपछि गर्भवती भएकी बुहारीलाई सासूले प्रेमीको जिम्मा लगाईन
Advertisement

राजविराज : परिवार पाल्न छोरो विदेशिएका बेला परपुरुषसँगको सम्पर्कपछि गर्भवती भएकी बुहारीलाई सासूले प्रेमीको जिम्मा लगाएकी छन् ।
कञ्चनरुप नपा–९ धर्मपुरकी २० वर्षीया रेणुदेवी साह र छिमेककै सोल्टी नाता पर्ने १८ वर्षीय पुजन साहबीचको यौनसम्बन्धबाट गर्भ बसेको खुलेपछि आइतबार रेणुलाई गाउँलेले पुजनकै जिम्मा लगाएका हुन् ।रेणुका पति फागु साह ०७१ साउन २२ गतेदेखि वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् ।

सुनसरीको गौतमपुर माइत भई धर्मपुरमा विवाह गरेर आएको वर्ष दिनमा पति विदेश गएपछि उनी पुजनसँग प्रेम सम्बन्ध रहेकी थिइन् । उनी अहिले सात महिनाको गर्भवती छिन् । रेणुको पेटमा हुर्कँदै गरेको गर्भ आफ्नो भएको पुजनले स्विकारेका छन् ।
छोरा विदेशमा रहेका बेला बुहारी गर्भवती रहेको थाहा पाएपछि गत असार २५ गते गाउँमा छलफल बोलाउँदा रेणुले गाउँलेसामुन्ने वास्तविक घटना बाहिर ल्याएकी थिइन् ।
गाउँलेहरुले उतिबेलै रेणुलाई पुजनको जिम्मा लगाउन खोज्दा पुजनका अभिभावकले अस्विकार गरेपछि सासु ५९ वर्षीया पानवतीदेवी साहले गत बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
दुबैलाई प्रहरीले झिकाएपछि गाँउलेसमेत आइतबार जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । घरपरिवारले अस्वीकार गरेपछि उनले तिनै युवकसँग जीवन बिताउने बताइन् ।
रेणुकी दिदी र पुजनका ठूलोबुवा जगदीश साहका छोराबीच विवाह भएकाले उनीहरुबी सोल्टी नाता पर्छ । विवाह अघिबाटै एक अर्कालाई मन पराउने गरेको कुरा उनीहरुले प्रहरी कार्यालयमा बताए ।
हामी एक अर्कालाई माया गर्छाैं, जे हुनु थियो भयो’, सहमति पत्रमा हस्ताक्षर गर्दै युवकले भने, ‘अब हामी दाम्पत्य जीवनमा तयरा छौं ।’
आफूले प्रेम गरेकाले पत्नीकारुपमा स्वीकार्ने र युवतीले पनि आफूसँग बस्न चाहेको युवकले बताए । युवक अविवाहित हुन् भने युवतीका पहिलो पति फागुतर्फ एक वर्षीया छोरी छन् । एक वर्र्षीया नाबालिकाको पालनपोषणको जिम्मा भने हजुरआमा पानवतीले लिँदै घर लगिन् ।
‘समस्या आएपछि समाधान त गर्नै पर्‍यो’, घरपरिवार र गाउँलेले सहमति गरी दिएको जानकारी दिँदै स्थानीय हरिलाल साहले भने, ‘सुरुमा त केटाले मेरो गर्भ होइन भनेर डीएनए परीक्षण गर्छु भन्थ्यो, तर छलफलका क्रममा गर्भ आफ्नै रहेको स्वीकार्‍यो ।’
तथ्यांकअनुसार नेपालबाट दैनिक एक हजार पाँच सय बढी युवा वैदेशिक रोजगारीमाश जाने गर्छन् । सप्तरीमा अविवाहितभन्दा विवाहित युवा नै बढी विदेशिने गरेको आँकडाले देखाउँछ ।
सप्तरीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले पत्नी, छोराछोरी र घरपरिवारको लागि विदेशिने युवाकै घरबार भने दिनदिनै भत्किँदै गएको बताए । एक महिनाको अवधिमा यस्तै प्रकारका चारवटा घटना प्रहरी कार्यालयमा आएको उनले जानकारी दिए ।
गाउँ, घरपरिवारको मोहमाया त्यागेर छोराछोरी र पत्नीका लागि श्रम गर्न विदेशिएका पतिले कमाएर पठाएको रकममा केहीले रजाइँ गर्न थालेपछि पुरुषहरु पीडामा पर्न थालेको महिला अधिकारकर्मी पनि बताउँछन् ।
साभार : डिसी नेपाल



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.