मुटुमा समस्या देखिएपछि पारस शाह नर्भिकमा भर्ना,पेस मेकर राखिने..
Advertisement
मुटुमा समस्या देखिएपछि पूर्व युवराज पारस शाह काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका छन्। उनी आज मध्यान्ह १२ बजे अस्पताल पुगेका थिए। यसअघि पटक पटक सोही अस्पतालमा मुटु परीक्षण र उपचार गराएका शाहलाई चिकित्सकहरुले पेस मेकर राख्न सुझाएपछि उनी अस्पताल भर्ना भएका हुन्।
उनको आजै राती मुटुमा पेस मेकर राखिने अस्पताल स्रोतले जानकारी दिएको छ। पेस मेकर छातीमा अप्रेसन गरी छाला भित्र मुटुभन्दा माथि राखिने सानो कम्युटरजस्तो यन्त्र हो । यो सलाईको बट्टाभन्दा सानो आकारको हुन्छ।
यसले मुटुको धड्कनलाई स्थिर राख्न मद्दत गर्छ। पेस मेकरमा मुटुको धड्कन प्रतिमिनेट कतिपटक चलाउने भनेर तोक्न मिल्छ। मुटुको धड्कन त्यो भन्दा कम चल्न थाल्यो भने पेस मेकरले मुटुलाई थप क्रियाशिल बनाइ तोकिएको मात्रामा चलाउँछ।
साधारणतय मानिसको मुटु प्रतिमिनेट ७० पटक धड्किन्छ। मुटमा समस्या आएर प्रतिमिनेट धड्कन कम हुन थालेको छ भने पेस मेकर राखेर धड्कनलाई प्रतिमिनेट ७० पटकमा स्थिर गराउने गरिन्छ। एक पटक पेस मेकर छातीमा राखिसकेपछि त्यसको ब्याट्रीले १० वर्षसम्म काम गर्छ । १० वर्षपछि ब्याट्री फेरे हुन्छ, पेसमेकर फेर्नु पर्देन।
मध्यान्ह १२ बजे छोरा ह्रृययेन्द्र र बहिनीहरुलाई गाडीमा राखेर उनी आफैँ गाडी हाँकी अस्पताल पुगेका थिए । उनको उपचारमा डाक्टर भरत रावतले संयोजन गरिरहेको रहेको स्रोतले जनाएको छ।
तीन वर्ष थाइल्याण्ड बसेर पारस गत चैतको अन्तिम साता स्वदेश फर्किएका थिए। थाइल्याण्डमा बस्दा खेरीनै उनीमाथि मुटुको समस्या देखा परेको थियो।sourcesetopati.

Advertisement

