खुसीको खबर !!स्काइपले ल्यायाे नयाँ फिचर
Advertisement
स्काइपले नयाँ फिचरहरु सहित एन्ड्रोइड एपका लागि नयाँ अपडेटेड भर्जन ५.५ ल्याएको छ। अपडेटेड भर्जनमा प्रयोगकर्ताहरुले एकपटक स्काइप एकाउण्ट लगआउट गरेपछि सजिलै फेरि लग इन गर्न सक्ने गरी डिजाइन गरिएको छ। यसका साथै च्याटमा भएका लिंकहरु नखोलेरै पनि धेरै जानकारीहरु हेर्न मिल्ने पनि बनाइएको छ।
एन्ड्रोइडका लागि आएको स्काइपको यो नयाँ एपले प्रयोगकर्ताको पासवर्ड सहित सबै लग इन विवरणको सम्झना राख्छ। यसबाट लग आउट गरेपछि फेरि आफ्नो आइडी र पासवर्ड हाल्नुपर्ने झन्जट हुँदैन।
यो एपले एउटा एरो (तीर) को संकेत देखाउँछ जसमा थिचेपछि यसले सिधै प्रयोगकर्ताको च्याटलिस्टमा पुर्याउँछ।
तर जो प्रयोगकर्तालाई आफ्नो पासवर्ड र आइडी स्काइपमा सेभ हुँदा असुरक्षित लाग्छ उनीहरुले भने पुरानै प्रक्रियामा स्काइपको प्रयोग गर्न सक्छन्। यसका लागि मनेु, सेटिङ र प्राइभेसीमा जान पर्ने कम्पनीले बताएको छ।
नयाँ स्काइपको दास्रो नयाँ फिचर भनेको च्याट गर्दा गर्दै देख्न सकिने वेब लिंक वा यूआरएल हो। यो सुविधा सुरुमा आइओएस र म्याक डिभाइसहरुका लागि ल्याइएको थियो। केही हप्ता भित्रै यो सुविधा एन्ड्रोइडका लागि पनि उपलब्ध गराउने कम्पनीले बताएको छ।
एन्ड्रोइडका लागि स्काइपको अपडेटेड भर्जन गुगल प्लेबाट डाउनलोड गर्न सकिनेछ। source taja khabar
Advertisement