एनसेलले प्रयोगकर्तालाई खुसीको खबर !!! एनसेलले ल्यायो यस्तो नया सुविधा...
Advertisement

पछिल्लो समयमा एनसेलले आफ्ना प्रयोगकर्तालाई सुविधा दिन नया नया योजनाहरु ल्याइरहेको छ । यसैबीच एनसेलले थप विकल्पसहित नयाँ डाटा योजना ल्याएको हो।

यसअन्तर्गत एनसेलका सम्पूर्ण ग्राहकहरुले सुलभ दरमा आवश्यकता बमोजिमको प्याक लिई इन्टरनेट सेवा लिन सक्नेछन्। यस सुविधा मार्फत प्रयोगकर्ताले दैनिक तथा मासिक प्याकका साथै साप्ताहिक प्याक पनि प्रयोग गर्न पाउनेछन । साप्ताहिक प्लानमा ग्राहकले ५० एमबी, १२५ एमबी र २५० एमबी भल्युमका प्याक लिई क्रमशः ७० पैसा, ४८ पैसा र ४४ पैसा प्रति एमबी (कर बाहेक) मा इन्टरनेटको मज्जा लिन सक्ने एनसेलले जनाएको छ।
एनसेलले मासिक प्याक अन्तर्गतको १ हजार एमबी डाटाको मूल्य पनि ६ सय ९९ बाट ५ सय ५० मा घटाएको छ। मासिक प्याकमा अब ग्राहकले २ हजार एमबी तथा ३ हजार एमबीको प्याक पनि लिन सक्नेछन्। २ हजार एमबीको प्याकको मूल्य ४३ पैसा प्रतिएमबी रहेको छ भने ३ हजार एमबीको प्याकको दर ३८ पैसा प्रति एमबी (कर बाहेक) रहेको एनसेलले विज्ञप्तिमा उल्लेख गरेको खबर नागरिक दैनिकले लेखेको छ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.