.नेपालमा अनिष्ट हुने भविष्णबाणी गरेर रुँदै अमेरिका उडे आदित्य ....
Advertisement
काठमाण्डु, ७ साउन– गुगल ब्वायका रुपमा चिनिएका बालक आदित्य दाहाल उपचारका लागि अमेरिका गएका छन् ।
आदित्यलाई विशिष्टहरु प्रवेश गर्ने द्वारबाट भित्र लगिएको थियो । शारीरिक रुपमा असक्त आदित्यको नेपालका विभिन्न अस्पतालमा उपचार गराइए पनि सम्भव भएको थिएन ।
उनकै इच्छामा परिवारले अमेरिका लगेको हो । सरकारले आदित्यको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरिसकेको छ ।
आदित्यका बाबु शेषराज दाहालले क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पतालमा उपचार हुनेछ । आदित्यले अमेरिका उड्नुअघि आफू पूर्ण रुपमा स्वस्थ हुने वा नहुनेबारे केही बताएका छैनन् ।
पाँच वर्षीय आदित्य बोल्न सक्दैनन् । यद्यपि उनी नेपालीसहित अंग्रेजी, हिन्दी, कोरियान, जापानीज भाषामा लेख्न सक्छन् ।
बाबु शेषराजका अनुसार आदित्यले आफू एक महिनापछि फर्कंदा मुलुकमा आमुल परिवर्तन आएको हुने दाबी गरेका छन् ।
‘एक महिनापछि फर्कंदा नेपालमा आमुल परिवर्तन वा अनिष्ट हुन्छ भनेर लेखेको छ’, भेशराजले काठमाण्डु टुडेसँग भने ।
यद्यपि आदित्यले कस्तो प्रकारको आमुल परिवर्तन वा अनिष्ट आउने हो भन्नेबारे स्पष्ट नगरेको उनले बताए ।source taja khabar
Advertisement