यस्तो हुनेछ बाहुबली-२ को कथा...
Advertisement

भारतको सबैभन्दा महंगो अनि बक्स अफिसमा धुम मच्चाइरहेको बाहुबलीको दोस्रो भाग, बाहुबली-२ को कथा फिल्म आउनु अगावै लिक भएको छ।

बाहुबलीः द बिगिनिङ मा खलनायकलाई हराइसकेपछि फिल्मका नायक बाहुबली महिषमती राज्यको राजा बन्छन्। भल्लाव देव सेनापति बन्छन। तर कालान्तरमा बाहुबलीको हत्या हुन्छ अनि भल्लाल देव राजा बन्छन्।
तर पहिलो फिल्ममा यो कालान्तरको कथा भने गर्भमा नै राखिएको थियो। फिल्मको अन्तिम सिनमा कटप्पाले बाहुबलीलाई विश्वासघात गरि तरवारले घोपिदिन्छन्। फिल्मको अधिकांश समय कटप्पालाई बाहुबलीको नजिक देखाइन्छ तर फिल्मको अन्त्यमा बाहुबलीको ज्यानै लिनको लागि त्यस्तो के भएको हुन्छ?
यी सारा फिल्मी रहस्य बाहुबलीको अर्को भागमा खुलाइनेछ। यो अर्को फिल्मको कहानी बाहुबली राजा बन्ने तरखर गरेदेखि सुरु हुनेछ। त्यसबखत बाहुबलीलाई देवसेना नामकी एक युवतीसंग प्रेम हुन्छ।
एक फिल्मी पत्रिकाको अनुसार, ती युवती पनि बाहुबलीसंग प्रेम गर्न लाग्छिन्। तर माहिषमति राज्यमा यसरी प्रेम गर्न सम्भव देखिन्न। त्यसैले बाहुबली देवसेनालाई लिइ राजपाठ छोडेर हिड्छन्। त्यसपछि माहिषमति राज्यको राजपाठ भल्लाल देवले पाउँछन्।
क्रुर शासक भल्लालसंग छिटै जनता आक्रोषित हुन्छन्। उता बदला लिन तम्सेका कालाकेया (खलनायक) का भाइ फेरी माहिषमति राज्यमा आक्रमणको तयारीमा हुन्छ।
यो सबै जानकारी पाएपछि बाहुबली फेरी घर फर्कन्छन्। तर त्यसै बिच भल्लालदेव, कटप्पट र बिजलाल देवले बाहुबलीको हत्या गरिदिन्छन्। बाहुबलीकी पत्नी बनिसकेकी देवसेना गिरफ्तार हुन्छिन्। देवसेनाको बच्चालाई पनि मार्न लागिएको हुन्छ तर भल्लाल देवको आमाले बचाइदिन्छिन्। यो बच्चाको नाम शिवा हुन्छ।
शिवाले नै भल्लाललाई हराउनेछ। जसमा शिवालाई उसको प्रेमिका अवंतिकाले साथ दिन्छिन्। दुवै मिलेर माहिषमतिमा आफ्नो हक लिन आक्रमण गर्छन्।
भल्लाल देवलाई हराएपछि बाहुबलीका छोरा शिवालाई माहिषमतिको सिंहासन मिल्छ। साथै यो फिल्ममा बाहुबली साउथकी नायिका अनुष्का शेट्टीको साथमा रोमान्स गर्दै देखिने छन्।
बाहुबली -२ को शुटिङ यो वर्षको सेप्टेम्बरसम्म पुरा हुनेछ। सन् २०१६ को जनवरी १५ अगाबै बाहुबलीको यो दोस्रो भाग रिलिज हुनेछ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.