.सलमानले गरे बम धमाकामा फाँसी सुनाइएकाको फाँसीको विरोध....
Advertisement

आतंकवाद फैलाएको आरोपमा ३० जूलाईमा फाँसी दिन लागिएका याकुब मेमनको फाँसी रोक्न बलिउड अभिनेताले माग गरेका छन्। उनले ट्वीट गर्दै मेमनलाई फासी दिन नहुने बताएका हुन्। उनले उनको दाइले गरेको अपराधको सजाय उनलाई दिन नहुने बताएका छन्।

ट्वीटरमा सलमानले 'बिरालो जसरी लुकेको टाइगर मेमनलाई समात। हामीले एउटा बिरालो पनि समात्न सकेनौ?' भनेर ट्विट गरेका छन्। उनले याकुबमाथि गरिएको अन्यायमा तीन वर्ष पहिले नै बोल्न मन नभए पनि डरको कारणले बोल्न नसकेको बताउँदै पाकिस्तानी प्रधानमन्त्रीलाई टाइगर पाकिस्तानमा भए भारतलाई बताइदिन आग्रह पनि गरेका छन्।
भारतीय अदालतले मुम्बईमा १९९३ मा याकुबलाई मुख्य योजनाकार अन्तरगत राखेको छ। उनलाई बम बिस्फोटमा आफ्ना दाजू टाइगर मेमन र दाउन इब्राहिमलाई आर्थिकरुपमा सहयोग गरेको आरोप लागेको थियो
फाँसी रोक्नका लागि मेनन परिवारले महाराष्ट्र गभर्नरसमक्ष याचिका दायर गरेका छन् जसमाथि निर्णय हुन बाँकी छ। आइतबार निर्णय आउनसक्ने अड्कल काटिएको छ। भारतले भारको दिल्लीबाट पक्राउ गरेको जनाए पनि सन् ९४ मा मेमनले नेपालमा आत्मसमर्पण गरको बताउँदै आएका छन्।source kala.setopati.com

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.