समलैंगिकको र्यालीमा छुरा प्रहार, ६ जना घाइते
Advertisement
इजरायल, श्रावण १५ । इजरालयको राजधानी येरुशलममा समलैंगिकहरुले निकालेको एक र्यालीमा छुरा प्रहार हुँदा कम्तीमा ६ जना घाइते भएका छन् ।
प्रहरी प्रवक्ताका अनुसार हमलाकारीलाई पक्राउ गरिएको छ । पक्राउ गरिएका ती व्यक्तिले सन् २००५ मा पनि यस्तै र्यालीमा आक्रमण गरी तीनजनालाई घाइते तुल्याएका थिए ।
र्यालीमा पछाडीबाट प्रवेश गरेका उनले एक्कासी छुरा प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएका थिए ।
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले सो हमलाको निन्दा गरेका छन् ।
समलैंगिक अधिकार र्याली इजरालयमा धर्मनिरपेक्ष बहुसंख्यक र कट्टरपन्थी यहुदीका बीच तनावको कारण बन्दै आएको छ ।source:imagechannel
Advertisement