.फर्कियो मन, बिरामी पारस भेट्न ज्ञानेन्द्र खाना लिएर अस्पताल पुगे
Advertisement

काठमाडौं, १० साउन । मुटुको समस्या भएर उपचारका लागि अस्पतालमा भर्ना भएका पूर्वयुवराज पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र अस्पताल पुगेका छन् । आइतबार साँझ बिरामी छोराको लागि खाना बोकेर पूर्वराज्ञा ज्ञानेन्द्र निर्भक अस्पतालमा पुगेका हुन् ।


छोरा बिरामी हुँदा पनि समय नदिने र नभेट्ने भन्दै लामो समयदेखि पूर्वराजा ज्ञानेन्द्रको आलोचना हुँदै आएको थियो । आफ्नै छोराको गतिविधिका कारण राजतन्त्रमाथि जनताको नकरात्मक धारणा बढेको राजा ज्ञानेन्द्रको बुझाई भएको उनको निकटवर्तीहरुले बताउने गरेका छन् । थाइल्याण्डमा हुँदा पटक पटक लागूऔषध प्रयोग र कारोबार गरेको भन्दै पक्राउ परेका पारस नेपाल फर्किएपछि उनीहरुको औपचारिक भेट भएको खबर सार्जजनिक भएको थिएन ।

नर्भिक अस्पतालमा पेस मेकरमा राखेर उपचार गराइरहेका पूर्वयुवराज पारसको मुटुमा समस्या देखिएपछि मुटुको अप्रेशन गरिएको थियो । अस्पताल स्रोतका अनुसार उनी अहिले खतरामुक्त अवस्थामा छन् ।
पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी भने दिउँसैदेखि अस्पताल पुगेर छोरा कुरेर बसिरहेका छन् । परिवारका सबै सदस्य अस्पताल पुगेपछि आइतबार साँझ ज्ञानेन्द्र पनि आफै कार हाँकेर अस्पताल पुगेका थिए । आइतबार मध्यान्ह १२ बजे छोरा हृदयन्त्रलाई लिएर पारस स्वास्थ्य जाँचको लागि आफँै कार हाँकी नर्भिक पुगेका थिए । उनलाई सामान्य शल्यक्रिया गरी पेसमेकर राखी उपचार सुरु गरिएको हो ।
यसअघि पारस थाइल्याण्डमै रहँदा पनि हृदयाघातका कारण लामो समय उपचार प्रक्रियामा रहेर निको भएपछि नेपाल फर्किएका थिए । उनको थाइल्याण्डकी युवती कनिकासँगको विवादास्पदक प्रेमसम्बन्धका कारण परिवारसँग राम्रो सम्बन्ध थिएन । यसअघि आफ्ना सन्तानसँग मात्रै भेटघाट गरिरहेका पारसलाई उपचारको क्रममा पूर्वराजा, पूर्वरानी र पत्नी हिमानीले पनि भेटघाट गरेका हुन् ।
source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.