.बलिउड अभिनेता सलमान खान लफडामा पनि अगाडि.....
Advertisement

बलिउड अभिनेता सलमान खान आफैँले निर्माण गरेको पहिलो चलचित्र बजरंगी भाइजान आर्थिक रूपमा असाध्यै सफल भएको छ । भारतीय सञ्चारमाध्यमले १४ दिनमा यसले पाँच अर्ब कमाइसकेको उल्लेख गरेका छन् । तर विवादमा पनि त्यतिकै आइरहन्छन ।


मेमनबारे टिप्पणी
बिहीबार फाँसी दिइएका मुम्बई आक्रमणका दोषी याकुब मेमनलाई फाँसी दिनुअघि उनलाई फाँसी दिन आवश्यक नभएको ट्विट गरे । याकुबका बारेमा गरेका १४ वटा ट्विटमध्ये केहीमा उनले याकुब निर्दोष भएको पनि उल्लेख थियो । एउटामा उनले याकुबको सट्टा टाइगर मेमनलाई फाँसी दिनुपर्ने टिप्पणी गरे । एउटामा ‘एउटा निर्दोष मानिसलाई मार्नुको अर्थ मानवता मार्नु हो’ नै भनिदिए । यसको भारतमा खुबै विरोध भयो । सलमानको ट्विटरको उनकै बाबुले ‘अर्थ नभएको’ भन्दै विरोध गरे ।

कार दुर्घटना
सन् २००२ को कार दुर्घटना सलमानको सबैभन्दा ठूलो लफडा हो । त्यस रात उनले आफ्नो गाडी फुटपाथमा सुतिरहेका मान्छेमाथि कुदाएका थिए । मदिराले मात्तिएका सलमानले ल्यान्डक्रुजर हाँकेका थिए । एकजनाको ठाउँको ठाउँ मृत्यु भयो । तीन घाइते भए । तीन महिनाअघि सोही अभियोगमा उनलाई दोषी ठहर गर्दै मुम्बईको सेसन कोर्टले पाँच वर्षको जेल सजाय तोकेको थियो । यद्यपि, सलमानको अपिलपछि उक्त सजाय मुल्तबीमा छ ।

हरिणको सिकार
एउटा फिल्मको सुटिङका क्रममा राजस्थानमा रहेका वेला उनले हरिणको सिकार गरेको कुरा बाहिर आयो । सिकारका सोखिन सलमानले हरिण मारेको कुराले उनलाई पछिसम्म पनि अदालत धाइरहनुपर्ने बनाइरह्यो । तर, सुप्रिम कोर्टले सलमानले सो मुद्दा सामना धगर्नुनपर्ने आदेश दिएपछि उनलाई राहत मिल्यो ।

ऋतिकको चित्त दुखाइ
सलमान आफ्ना सहकर्मीसँग विवाद गर्न अग्रणी छन् । उनको एकपटक ऋतिक रोशनसँग झगडा पर्‍यो । सलमानले ऋतिकको फिल्म गुजारिसबारे अन्टसन्ट कमेन्ट गरेपछि यो लफडा भएको थियो । परिणामस्वरूप ऋतिक सलमानसँग बिच्किए । गुजारिसबारे सलमानले तथानाम बोल्नुको एउटा प्रमुख कारण थियो, त्यसमा सलमानकी पूर्वप्रेमिका ऐश्वर्या राय पनि थिइन् ।

क्याट्रिनालाई हातपात
केहीअघि सलमानले तत्कालीन गर्लफ्रेन्ड क्याट्रिना कैफमाथि गर्ने हातपातको खबरले मिडिया तताउने गथ्र्याे । त्यतिवेला सलमान र क्याट्रिना एउटा कफीसपमा थिए । तर, एकाएक उनीहरूबीच विवाद बढ्यो । सलमानले क्याट्रिनाको गालामा पड्काइदिए । केही समयपछि उनीहरूको ब्रेकअप भयो ।

ऐश्वर्यामाथि दुव्र्यवहार
सन् १९९९ बाट सलमान र ऐश्वर्याबीच प्रेम सुरु भएको थियो । त्यतिवेला उनीहरू हम दिल दे चुके सनमको सुटिङमा थिए । तर, सलमानले ऐश्वर्यालाई निकै तनाव दिएपछि ऐश्वर्याले सलमानलाई छोडिदिइन् । सलमानले आफूलाई गाली गरेको, पिटेको, घरका सामान तोडफोड गरेको आरोप नै लगाएकी थिइन् ।

भन्सालीमाथि भद्दा कमेन्ट
सलमान रिसाएको वेला मुखमा जे आयो, प्याच्चै बोलिदिन्छन् । आफूलाई मन नपरेको मान्छेबारे सार्वजनिक स्थानमै नराम्रो बोल्ने बानी छ । गुजारिस रिलिजको समयमा एउटा बच्चाले गुजारिसबारे राखेको जिज्ञासामा सलमानले भने, ‘तिमी गएर भन्सालीलाई भेट । उसले तिम्रोबारेमा पनि फिल्म बनाउँछ र खुब कमाउँछ । तर, तिमीलाई एक सुको पनि दिँदैन ।’ सलमानको यस्तो टिप्पणीपछि गुजारिसका निर्देशक भन्साली सलमानसँग चिढिए । सलमान पत्रकारसँग पनि विवाद गरिरहन्छन् ।



विवादास्पद अन्तर्वार्ता
एउटा पाकिस्तानी च्यानलमा अन्तर्वार्ता दिने क्रममा सलमानले मुम्बईमा सन् २००८ नोभेम्बर २६ मा भएको आक्रमणबारे टिप्पणी गर्दै ‘यो आक्रमणमा अलि धेरै धनी मान्छेको ज्यान गएकाले यो घटना धेरै उचालिएको हो’ भनिदिए । तर, यसको भारतमा खुबै विरोध भयो । पछि उनले यसलाई सच्याउने कोसिस गरे ।

सहकर्मीसँग झगडा
सलमानले आफ्नो फिल्म मै और मिसेज खन्नामा प्रियंका चोपडालाई केमियो रोलका लागि आग्रह गरेका थिए । तर, उनले अस्वीकार गरिन् । सोही कारण सलमानले प्रियंकासँग झगडा गरे । त्यसैगरी, सलमानले रकस्टारको कन्सर्टबाट फर्किरहेका वेला अभिनेता जोन अब्राहमसँग पनि झगडा गरे । पछि, अक्षय कुमारले उनीहरूबीचको विवाद मिलाएका थिए । सलमानले सञ्जय दत्तकी वर्तमान पत्नी मान्यताको बर्थडे पार्टीमा समेत बबाल मच्चाए । त्यस दिन उनको फिल्म निर्माता बन्टी बालियासँग झगडा भएको थियो । त्यो दिन सलमानलाई सम्हाल्न सञ्जयलाई समेत गाह्रो परेको थियो । source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.