.अधिकारको माग गर्दै देशभर चक्काजाम, कतै पूर्ण कतै आंशिक प्रभाव ...
Advertisement

मिडिया एनपी, काठमाण्डौं १९ साउन । नयाँ संबिधानमा दलित समुदायका अधिकारहरु सुनिश्चित गर्न माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले मंगलबार देशव्यापी एक घण्टा चक्काजामको आब्हान गरेको छ । अधिकारको माग गर्दै गरिएको चक्का जामको राजधानीमा भने आंशिक प्रभाव देखिएको छ ।
बुटवलमा भने मुख्य राजमार्ग सुनसान देखिए छ ।

तर, भित्री सडकबाट गाडीहरु गुडेका छन् । बुटवलको राजमार्ग चौराहा र भैरहवाको बुद्धचोकमा बसेर बन्दकर्ताहरुले चक्काजाम गरेका थिए ।
राज्यका सबै संयन्त्र र निकायहरुमा दलित समुदायको अनिवार्य समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, समानुपातिक समाबेसी प्रतिनिधित्वको संवैधानिक ग्यारेन्टी गर्नुपर्ने, प्रत्यक्ष निर्वाचन तर्फ १३ प्रतिशत सहभागिता सुनिश्चित गर्न छुट्टै निर्वाचन क्षेत्र हुनुपर्ने लगायत माग गरिएको छ ।
माग सम्वोधनका लागि दबाव दिने उद्देश्यले मंगलबार नै देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा पनि एक घण्टा धर्ना दिइएको छ ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.