प्रचण्डसँग चुनाव लडेका हिमालयन टाइगर भन्छन्ः मैले प्रचण्डलाई स्यालुट गरें
Advertisement

नेपाली रेस्लिङमा हिमालयन टाइटर चर्चित नाम हो । उनको वास्तविक नाम भने भरत बिसुराल । अहिलेका अर्थमन्त्री डा. रामशरण महतका विद्यार्थी विसुराल पूर्व नेपाली सेना हुन् । भारतीय, चीनिया सेनाबाट तालिम लिएर शान्ति सेना गएको बेला विद्रोही को गोली लागेर उनी घाइते भए । खुट्टामा फलाम राखियो । जसले सेनाको हवल्दारभन्दा माथि उक्लने आश मर्दै गए पनि अवकास लिए र रेस्लिङमा लागे । उनी रेस्लर मात्र होइनन्, उनी राजनीतिकर्मी पनि हुन् । अर्थात देस्रो संविधानसभा चुनावमा एमाओवादी अध्यक्ष प्रचण्डका प्रतिद्धन्द्धी । काठमाण्डौं क्षेत्र नम्बर १० बाट प्रचण्डसँगै टाइगरले उम्मेदवारी दिएका थिए ।

रेस्लर पनि किन चुनावमा ?
चुनावमा मेरो जित्ने उद्देश्य थिएन । हुनत मैले त्यति बेला मेरो जित निश्चत छ । अव घोषणा गर्न मात्र बाँकी छ भनेर भनेको थिए । यो राजनीतिक थेगो, राजनीतिक भाषण रहेछ । मैले पनि त्यति सिकिसकेको थिए । किनकी बोल्ने स्वन्त्रता सबैलाई छ । बोलेकै भरमा माफी माग्न पर्ने कुरौ आएन ।
म राजनीति गर्ने मान्छे होइन । तर रेस्लीङमा लागेको मान्छेले पनि राजनीतिक कुराहरु गर्न सक्दो रहेछ । मिडियामा प्रस्ट आफ्नो धारणा राख्न सक्दोरहेछ, मुक्का हान्ने, लड्ने भिड्ने मात्र नभई चेतनशिल रहेछ, राजनीतिक ज्ञान रहेछ, संविधानसभा उम्मेदवारका लागि पनि सक्षम रहेछ भनी मान्छेले चिनुन भनेर पनि मैले उम्मेदवारी दिएको हुँ ।

चुनावमा केही खर्च पनि गरे । घरदैलोमा पनि हिडे । केही परिचित पनि भइयो । तर मेरो कार्यकर्ता थिएनन् । भएका पनि पहिले नै अरु पार्टीमा लागिसकेका थिए । पैसा खर्च गर्न सक्ने अवस्था पनि थिएन ।

मतदाता लिष्टमा मेरो अर्कै ठाउँमा नाम भएकाले मैले आफैलाई भोट हाल्न पाइन । तर नराम्रो पनि भएन । मलाइ केही ज्ञान भयो । अनुभव बटुलियो । हल्ला खल्ला र दलबलकै पछाडि जनता लाग्दा रहेछन् भन्ने कुरा पनि मैले चुनावबाटै सिके ।

प्रतिष्प्रर्धा प्रचण्डसँगै किन ?
लड्नै परे ठूलैसँग लड्दा राम्रो भन्ने मेरो मनमा थियो । अनि मेरो घर पनि कीर्तिपुरमै भएकाले पनि मैले प्रचण्डको निर्वाचन क्षेत्र (काठमाण्डौ १०) नै रोजे । तेरो प्रतिद्धन्द्धी कोहो ? भन्दा प्रचण्ड भन्दा शान पनि हुने । अनि फेरी यो युग प्रचण्डको युग हो । प्रचण्डले नलिएको भए यो युग आउदैनथ्यो । त्यसैले पनि प्रचण्ड मलाई निक्कै मन पर्ने राजनीतिज्ञ हुन् ।

मैले कुनै गल्ती गरेको मैले कुनै गल्ती गरेको थिइन । तर प्रचण्डको मात्र नभई प्रचण्डको तल्लोतहका कार्यकर्तासँग पनि मलाई डर लाग्थ्यो । किनकी अव उनीहरु आए कुनै नराम्रो काम गर्न हुन्न भन्ने लाग्थ्यो ।

राजाको कालमा पनि मैले जनअदालतको समर्थन गरेको थिए । गल्ती नगरे पनि प्रचण्डको तल्लो दर्जाको वाई सी एलसँग पनि म डराउँथे । मेरो लागि प्रचण्ड त आकासमा उदाएको सूर्य जस्तै हुन् ।
संविधानसभाको अघिल्लो चुनावमा मेरा ससुरालिलाई प्रचण्डलाई नै भोट हाल्नुस भनेर म जापान गए । मैले भनेको थिए, प्रचण्ड भनेको शक्ति हो । उहाँको एक कल फोनले गाउँमा पानी आउँछ । तपाईहरु पनि जाने बुझेको प्रचार गर्नुहोला भनें । म जापानबाट फर्केर उहाँ प्रधानमन्त्री भइसक्नु भएछ । अव मुलुकमा परिवर्तन हुन्छ भन्ने लाग्यो । भ्रष्टाचार नियन्त्रण भए अपराध नियन्त्रण हुन्छ । माओवादीले हतियार उठाएको भ्रष्टाचार नियन्त्रण गर्न हो भने अव नियन्त्रण हुन्छ भन्ने लाग्यो । मैले प्रचण्डलाई स्यालुट गरें ।

प्रचण्डको हातबाट झण्डा पाउने रहन पूरा भएन
दोस्रो पटक जापान रेस्लिङ्गमा बोलाइयो । म प्रचण्डको हातबाट राष्ट्रिय झण्डा लिएर जान चाहन्थे । ४० देशका खेलाडी आउनेवाला थिए । मैले शक्ति बहादुर बस्नेतसँग प्रचण्डलाई भेटाउन आग्रह गदा हुन्छ भन्नुभयो तर भएन । बाटोमा ड्दिै गर्दा एक दिन सिंहदरवारमा जनार्दन शमासँग भेटभयो । भरखरै चिनजान भएको थियो । जर्नादन शर्मा र वर्षमान पुनले निक्कै माया गर्नुहुन्थ्यो । जहाँ देखे पनि बोलाउनु हुन्थ्यो ।
मैले प्रचण्डलाई भेट्न खोजेको कुरा जनार्दनसँग गरे । उहाँ मन्त्री हुनुहुन्थ्यो । हुन्छ भन्नुभयो तर भएन । पछि कता कता सम्पर्क गर्नु पर्ने तर कतैबाट मिलेन । त्यसैले उहाँको हातबाट झण्डा लिन पाइएन । म आफै किनेर झण्डा लिएर गए । प्रचण्डसँग प्रत्यक्ष कुरा भएको त छैन । तर रंगशालामा रेस्लिङ्ग भएको बेला प्रचण्डलाई बाबुरामले टाइगरको खेलमा तपाई जानु पर्छ भनेपछि उहाँ आउनुभयो । मलाई धाप मार्नुभयो, शुभकामना दिएर जानु भयो भेट भएको त्यत्ति हो ।

हेडलाइन्ससँगको कुराकानीमा आधारित


Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.