.अब खुसीको खबर निःशुल्क भ्वाइस कल गर्न मिल्ने ५ एप्सहरु थाहा पाई राखौं....
Advertisement

एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि इन्टरनेटका माध्यमबाट यो एप्लीकेशनले भ्वाइस कल गर्न मिल्ने सुविधा ल्याएको छ। यो सुविधा आईओएस प्रयोगकर्ताहरुका लागि छिट्टै आउने भएको छ। डाटा कनेक्सन र वाईफाई बिना ह्वाट्सएप प्रयोग गर्न सकिदैन। ह्वाट्सएपमा ग्रुप म्यासेज पनि गर्न मिल्छ। फोनमा रहेको कन्ट्याक्टस्हरु स्वतः यस एप्लीकेशनमा जोडिन्छन्।


स्काइपः
स्काइपका मदतले म्यासेज, भ्वाइस र भिडियो कलको सेवा लिन सकिन्छ तर यसका लागि डाटा कनेक्सन र वाईफाई हुनु आवश्यक छ। यस एप्लीकेशनबाट फोटो, भिडियो सेयर गर्न मिल्छ र यसका साथै ग्रुप च्याट, कन्फ्रेन्स कल पनि गर्न सकिन्छ। स्काइपबाट विश्वका जुन सुकै स्थानमा मोबाइल र ल्यान्ड लाइनहरुमा फोन गर्न मिल्छ तर यसका लागि क्रेडिट एकाउन्ट हुनु पर्छ।

भाइबरः
भाइबरमा पनि स्काइप जस्तै म्यासेज पठाउन मिल्ने, फोटो र भिडियो पठाउन मिल्ने र भ्वाइस कल गर्न मिल्ने सुविधा रहेको छ। यसमा पनि डाटा कनेक्सन र वाईफाई चाहिन्छ। ह्वाट्सएप जस्तै यसमा पनि क्न्ट्याक्ट अईडीका रुपमा प्रयोग हुन्छन्।

आईसीक्यु म्यासेन्जरः
भाइबर, ह्वाट्सएप जस्तै आईसीक्यु म्यासेन्जरबाट पनि म्यासेज, फोटो, भिडियो पठाउन मिल्छ र भिडियो च्याट र भ्वाइस कल पनि गर्न मिल्छ। यसका लागि पनि डाटा कनेक्सन र वाईफाइ चाहिने हुन्छ।

लाईनः
लाईन पनि एउटा म्यासेजीङ एप हो। स्मार्टफोन र कम्प्युटरमा पनि यस एप्लीकेशनबाट भ्वाइस र भिडियो कल गर्न मिल्छ । फोटो, भिडियो र जीपीएस सङ्केतहरु पनि पठाउन मिल्छ। ग्रुप च्याट गर्न मिल्ने लाईनमा स्टिकर स्टोर पनि रहेको छ।source kinmel.setopati

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.