विचार गर्नुस् है तपाई पनि यस्ता चतुर ठगको कुरामा पर्नुहोला.... अमेरिकी दूतावासका नक्कली कर्मचारी पक्राउ
Advertisement
१९ साउन, काठमाडौ ।
अमेरिका जान प्रयासरतलाई नेपालस्थित अमेरिकी दूतावासको कर्मचारी बनेर ठगी गरेको आरोपमा केदार खड्का पक्राउ परेका छन्। उनी काठमाडौंस्थित अमेरिकी दूतावासको कर्मचारी भएको भन्दै ४ वर्षदेखि ठगीमा सक्रिय रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ।
ब्युरोका अनुसार फिल्म निर्माण प्राविधिकका रुपमा कार्यरत खड्काले ठगीका लागि दीपक कार्कीको नाममा अमेरिकी दूतावासको नक्कली परिचय पत्र बनाएका थिए। उनले फोनबाट मिसकल दिएर अपरिचित व्यक्तिसँग परिचय गरी ठगीको जालो विस्तार गर्दै आएका थिए।source:npheadlines

Advertisement