न्यायाधीशका सालाका नाममा वीरगन्ज–२ छपकैँयास्थित सार्वजनिक छठघाट पोखरी दर्ता
Advertisement
वीरगन्ज, १७ साउन । वीरगन्ज–२ छपकैँयास्थित सार्वजनिक छठघाट पोखरी सार्वजनिक कायम गर्न माग गर्दै महिलाको पहलमा आन्दोलन सुरु भएको छ । सार्वजनिक छपकैया छठघाट पोखरी सर्वाच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर राणाले नातामा साला पर्ने प्रमोदविक्रम शाहको नाममा दर्ता गर्ने निर्णय गरेपछि गत असारको दोसो सातादेखि छठघाट व्यवस्थापन समिति आन्दोलित छ ।
मुद्दा दर्ता नगरिएपछि शनिबार छठघाट पोखरीमा भएको बृहद भेलामा छठघाट व्यवस्थापन समिति अध्यक्ष प्रदीप कुर्मी र संघर्ष समिति सदस्य एवम मुद्दा दर्ताको जिम्मेवारी पाएका जितेन्द्र पटेलले साढे सात कठ्ठा जग्गा प्रमोद विक्रम शाहबाट छठघाटका लागि लिएर बाँकी रहेको साढे बाइस कठ्ठा शाहलाई भोग गर्न दिने प्रस्ताव सबैले नकारेका छन् । संघर्ष समितिका अध्यक्ष प्रेम कुशवाहा भने सार्वजनिक छपकैया छठघाट पोखरी सार्वजनिक हुनुपर्ने अडानमा कायम छन् ।
अध्यक्ष कुशवाहा र हिन्दुवादी नेता विनय यादवले छठघाटमा आयोजित भेलामा कुनै पनि हालतमा सार्वजनिक पोखरी सार्वजनिक नै हुने दाबी गरे । उनीहरुले सबै प्रमाणका आधारमा पर्सा जिल्ला तथा पुनरावेदनले सार्वजनिक कायम गरेको पोखरी नातागोताको हिसाबले व्यक्तिको हुने भनी सर्वाेच्चले गरेको आदेश जनताले मान्नुपर्ने करकाप नभएको बताए । अदालतले गरेको गल्ती अदालतबाटै सच्चाउन अवसर दिइने र त्यसको सदुपयोग अदालतले नगरे विद्रोह हुने घोषणा पनि उनीहरुले गरे ।
शनिबारदेखि नियमित रुपमा संघर्षका कार्यक्रम गरिने भएको छ । परमानन्द सोनार, दीनानाथ सोनार र राधेश्याम सोनारले संघर्ष समितिका अध्यक्ष कुशवाहालाई यसकार्यमा सघाउने बताइएको छ । सार्वजनिक छपकैया छठघाट पोखरी सार्वजनिक हुनुपर्ने मागसहित महिलाले पनि विशेष रुपमा सघाउने भएका छन । वडा नम्बर १, ४ र १९ का महिलाले सार्वजनिक छपकैया छठघाट पोखरी सार्वजनिक हुनुपर्ने माग राख्दै नगरमा प्रदर्शन गरे ।
महिलाले सार्वजनिक छपकैया छठघाट पोखरीमा पुरुषले नेतृत्व लिएर भ्रष्टाचार गरेको भन्दै अगाडि सरेको राधेश्याम सोनारले बताए । यसैबीच मुद्दा दर्ताको जिम्मेवारी पाएका पटेलले मुद्दा दर्ता नगरेपछि सोही मुद्दा भोलि पर्सा जिल्ला अदालतमा दर्ता गरिने राधेश्याम सोनारले बताए ।source:osnepal
Advertisement