भूकम्पले आर्थिक वृद्धिदर आधा घट्यो
Advertisement

काठमाडौं : चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.०  प्रतिशतमा सिमिति भएको छ। भूकम्पका कारण नेपालको आर्थिक वृद्धिदर झन्डै आधा घटेको छ।  
 विनाशकारी भूकम्पका कारण आर्थिक वृद्धि एक्कासी ओरालो लागेको हो । चालु वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य राखिएको झन्डै आधा मात्रै हासिल भएको छ। अघिल्लो वर्ष आर्थिक वृद्धिदर ५.१  प्रतिशत हासिल भएको थियो।  संसद्को बैठकमा आइतबार बेलुका चालु वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा. रामशरण महतले भूकम्पका कारण आर्थिक वृद्धिदर घटेको बताएका छन् । 

यो सात वर्ष यताकै न्यून आर्थिक वृद्धिदर हो। विनाशकारी भूकम्पपछि केन्द्रीय तथ्यांक विभागले पनि आर्थिक वृद्धिदर तीन प्रतिशतको हाराहारीमा हुने अनुमान गरेको थियो । 


Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.