अमेरिका गएका महिलाहरु लोग्ने छाडेर किन पोइल जान्छन् ?
Advertisement
विजय थापा२०७२ असार २७ गते
सम्बन्ध व्यक्तिगत जीवनमा सबै भन्दा महत्त्वपूर्ण पक्ष हुन्छ । महिलाले पुरुष भन्दा अधिक बिश्वासघात गर्छन या दिन्छन भन्ने सुन्दा अचम्म लाग्न सक्छ । यो कुरामा विश्वास नहुन् पनि सक्दछ । अमेरिकामा मात्र नभै ब्रम्हाण्ड भर नै महिलाले पुरुषको तुलनामा आफ्ना पति या प्रेमीलाई जीवनकालमा धोका दिने गरेको तथांकले देखाएको छ ।
तथ्याङ्क अनुसार महिलाहरुले समग्र प्रतिशतमा पुरुषहरू भन्दा तुलनात्मक रुपमा अधिक धोखा दिने गरेको पाईएको छ भने बिबाहित पत्नी या संगै सह-बसोबासमा रहेका महिलाले ज्यादा बिश्वासघात गरेको देखाएको छ । ब्रम्हाण्ड भर १७ प्रतिसत यहि बिश्वासघातको कारण बैबाहिक जीवनको सम्बन्ध बिच्छेद हुने गरेको पाइएको छ । जस अनुसार प्रत्येक १ सयमा १७ जोडीले सम्बन्ध बिच्छेद एक अर्कामा धोखा दिने गरेको कारण हुन् पुगेको छ ।
अमेरिकाको नेसनल ओपिनियन रिसर्च सेन्टरले २०१० मा गरेको सर्वेक्षण अनुसार पुरुषहरुले धोखा दिने प्रतिसत २१ प्रतिसत यथावत रहेको परिणाम निकालेको छ भने महिलाहरुले प्रेमी या लोग्नेलाई बिश्वासघात गर्नेमा १४. ७ प्रतिसतले वृद्धि भएको देखाएको छ भने अझ यो वृद्धि प्रत्येक बर्ष फराकिलो हुदै आएको देखाएको छ ।
५० देखि ६० प्रतिसत जुन महिलाहरु ज्यादा महानगरी क्षेत्र ,घना वस्ती ,ठुला शहर या अहोरात्र चलायमान हुने शहरमा बसोबास गर्ने महिलाहरुले धोखा दिने गरेको स्वीकार गरेका छन् । आश्चर्यको तथ्यांक यो रहेको छ कि बिबाहित जीवनमा रहेका करिब ४५ प्रतिसत महिलाहरुले बिश्वभरमा आफ्ना पति/प्रेमीलाई धोखा दिने ज्यादा सम्भावना रहेको छ ।
अमेरिकाको नेसनल ओपिनियन रिसर्च सेन्टरले २०१० मा गरेको सर्वेक्षण अनुसार पुरुषहरुले धोखा दिने प्रतिसत २१ प्रतिसत यथावत रहेको परिणाम निकालेको छ भने महिलाहरुले प्रेमी या लोग्नेलाई बिश्वासघात गर्नेमा १४. ७ प्रतिसतले वृद्धि भएको देखाएको छ भने अझ यो वृद्धि प्रत्येक बर्ष फराकिलो हुदै आएको देखाएको छ ।
अमेरिकाको प्रसिद्ध टेलिभिजन फक्सका निर्माताले गरेको एक सर्वेक्षणमा हाल किन महिलाहरुले ज्यादा धोखा दिन्छन यदि हो भने किन भनि राखेको प्रश्न राखेका थिए । बस तथा स्याकलफोर्डको अध्ययन अनुसार अमेरिकाका ५० देखि ६० प्रतिसत जोडीले जीवनको कुनै काल खण्डमा गएर एक अर्कालाई धोखा या बिश्वासघात गर्ने गरेको तथ्य निकालेको छ ।
बैबाहिक जीवनमा बाधिएको लामो समय पश्च्यात पुरुष या महिलाले आखिर किन बिश्वासघात गर्ने या धोखा दिने गर्छन त ? र ,केहि बर्ष देखि महिलाहरुले धोखा दिने क्रममा किन वृद्धि हुदै गै रहेको छ यसका कारण यसरि ब्याख्या गरिएको छ ।
आर्थिक स्वतन्त्रता :
काममा पुरुष तथा महिलालाई समानता भएको कारण महिलाहरुलाई अमेरिकामा आर्थिक स्वतन्त्र बनाएको छ जस्को कारण महिलाहरु आर्थिक स्वतन्त्र हुन्छन । जसको कारण महिला कसैको भरोशामा बाच्न बाध्य हुदैनन् । महिला कसैको आदेश र नियन्त्रणमा बस्न नचाहने हुनाले परिस्थिति खराब हुदै धोखा दिन सुरु गर्ने देखाएको छ ।
शारीरिक सन्तुष्टि
शारीरिक सन्तुष्टिको ख्याल नगर्ने र ईक्षाहरु पूर्ति नगर्ने अवस्थाको श्रीजना भए पछि यसमा महिलाहरु साबधान रहन्छन । महिला तथा पुरुषका शारीरिक आवस्यकता तथा आनन्द फरक हुन्छ । जसको कारण त्यो प्राप्त गर्न पनि कैयौ महिलालाई धोखा दिन बाध्य गराउदछ ।
आत्म सम्मानलाई प्रोत्साहन :
कैयौ महिलाले आफ्नो आत्म सम्मानलाई प्रोत्साहन गर्न आफ्नो जोडीलाई धोखा दिने गर्छन । पुरुषलाई बिश्वासघात गर्नु या धोखा दिनु र अर्कैलाई ध्यान दिने गर्नाले महिलाले आफुलाई महत्वपूर्ण तथा शोभायमानको अनुभूति गर्दछन ।
भाबुकताको जरूरत :
सम्बन्ध स्थापित भएको एक निश्चित समय पछि हरेक कुराको बिषयमा एक अर्कामा हिस्सा गर्नु पर्ने र चर्चा गर्नु पर्ने हुदा हुदै मन्द बिन्दुमा त्यो नहुन जादा अलिक संचारमा कमि हुन् जान्छ । बिबाहित महिला जो अत्यधिक समय घरमा बिताउने हुनाले उनीहरु दिक्दार तथा उदास हुन्छन । उनीहरु पिंजरामा कैद भएको महसुस गर्छन र त्यो भाबुकताको जरूरत प्राप्त नगरे पछि नया कथा संगै नया पुरुष संग प्राप्त गर्ने हुन्छन ।
केवल भाबुकताको आवस्यकलाई प्राप्त गर्न मात्र धोखा दिने र उक्त कुरा नया व्यक्ति संग पाउने भएकोले महिलाहरु पुरुषको तुलनामा ज्यादा धोखा दिने गरेको देखिएको छ ।
संबंध-विच्छेद रणनीति :
धोखा दिने महिलाले अपनाउने सबै भन्दा साधारण तथा सामान्य कारण हो ,संबंध-विच्छेद रणनीति । बिबाहित महिला भै रहेको सम्बन्ध टुटाउन चाहदैनन् । भयभित हुने हुन्छन । जब महिलाले सम्बन्ध टुटाउन चाहना राख्दछन अनि महिलाबाट पति या प्रेमीलाई धोखा दिन सुरु गर्ने गर्छन । यदि महिलालाई जोडीले रंगे हात पक्राउ गरे भने त्यहि सम्बन्ध टुक्रिन्छ l यदि पक्राउ भएन भने प्रेमी संग सौभाग्यशाली भएको अनुभूति गर्दछन ।
बैज्ञानिक कारण :
सुन्दरी महिलाको चुलबुले तथा धोखापूर्ण प्रवृति बैज्ञानिक कारणबाट ब्याख्या यसरि गरिएको छ । जुन महिलाको आकर्षित अनुहारका कृतिहरु जस्तै गालाको ठुलो हड्डी तथा अति मिलेको मुखाकृति बनावट नै महिलाको शरीरमा हर्मोन ईस्ट्राडिओल ज्यादा मात्रामा भएको हुन्छ । जुन महिलाको गर्भाशयको हर्मोन हो ।
जसको कारण महिलालाई ज्यादा आत्मविश्वासी ,ज्यादा सुन्दरीको साथै ज्यादा उर्वर भएको अनुभूति अन्तरिक रुपमा गराउदछ । सुन्दरी महिलाहरु अत्यधिक परिणाममा ईस्ट्राडिओल भएको कारण शरीरमा आत्म विश्वास बढ्ने र जसको कारण असन्तुष्टि देखाउदै आफ्नो पति या प्रेमीलाई धोखा दिने गरेको पाईन्छ । हाम्रो समाजमा पुरुषहरुले मात्र आफ्ना पत्नी या प्रेमिकालाई धोखा दिने र बिश्वासघात गर्ने भन्ने कुरा पूर्ण रुपमा गलत तथा असत्य हो भने कैयौ महिलाले पनि आफ्ना पति या पत्नीलाई धोखा दिएको कैयौ प्रमाण तथा उदाहरण अमेरिकामा छन् ।
महिलाहरु पहिलाको तुलनामा काममा ज्यादा देखिन्छन र पुरुषसंग उनीहरु संगतमा पर्ने हुन्छन । अहिले पुरुषहरु घर मै काम गर्ने र महिला बाहिर गएर काम गर्ने पनि परिपाटी भएको कारण पनि त्यहाँ बाट पनि महिलाले चिटिंग (धोखा )गर्ने गरेको पाइएको छ ।
त्यसको अतिरिक्त सामाजिक संजालको माध्यमबाट सरल रुपमा धोखा गर्न सजिलो बनाई दिएको सर्वेक्षण र अन्तर्वार्ताले देखाएको छ । धेरै महिलाले चलचित्रमा गरिएको प्रेम र रोमान्चकको कारण यस्तै परिकल्पना गर्ने समेत गरेको तर वास्तविक बैबाहिक जीवनमा त्यो यथार्थतामा नपाउने हुनाले त्यहाँबाट पनि बिश्वासघात गर्ने गरेको कबुलेका छन् ।
महिलाहरुले वास्तबमा दिलै देखि भावनात्मक रुपमा जोडिएको पुरुषलाई मन पराउने हुन्छन । पुरुष धोखेबाजले गरे जस्तै महिलाले पनि बिबिध कारणले धोखा दिने गरेको सर्वेक्षणले देखाएको छ । उनीहरु आकर्षित भएको अनुभूति गर्न चाहन्छन, जवान हुन् चाहना राख्नुको साथै भावनात्मक रुपमा सम्बन्ध राख्न चाहन्छन ।
अमेरिका र बिश्वमा दम्पत्तिले यसरी एक अर्कामा धोखा दिने गरेको तथ्यांकले देखाएको छ भने यसले नेपाली समुदायलाई कति प्रतिसतले छुन्छ त्यो पनि सोध र अनुसन्धानको बिषय पनि हुन् सक्छ । यस कुटनीतिमा भित्र तपाई र हामी कतै संलग्न त छैनौ ? यसले नेपाली समुदायमा कस्तो संदेश दिन्छ ? त्यो नेपाली समुदाय र नेपाली समुदायका सदस्यले घोत्लिनु पर्ने हुन्छ ।
वैयक्तिक स्वतन्त्रता तथा व्यक्तिगत मामलाको कुरा हुन् । निजि जीवनका मुद्धाहरु हुन् । यो एउटा तथ्य मात्र पस्किने जमर्को गरिएको हो ।कुनै पनि महिला या पुरुषको चरित्र प्रति प्रश्न उठाउने उदेश्यले कलम चलाईएको हैन । कुरा दोचार्ने नियत पनि कदापी हैन । कसैको चियोचर्चो गरि कालो कर्तुत पर्दाफास गर्ने अभिप्राय पनि हैन । धोखा दिने सोचाईको कहिले अन्त्य हुदैन । जस्को कारणले पुरुष या महिलाको मन तथा हृदय टुटदछ । जस्ले जटिल तथा अप्ठ्यारो अवस्था निम्त्याई दिन्छ ।
Advertisement