. नेपालीहरूलाई अमेरिकी दुतावास को सूचना एक पटक पढ्नुहोस
Advertisement
मिडिया एनपी, काठमाडौं, ८ साउन । काठमाडौस्थित अमेरिकी राजदुतावासले विभिन्न प्रलोभनमा ठगी भइरहेका भन्दै नेपालीहरुलाई सचेत रहन सूचना जारी गरेको छ ।
सूचनाको पूर्णपाठ :
२०७२ साउन ८
झुट्टा आश्वासन विरुद्ध अमेरिकी दूतावासको नेपालीहरूलाई सावधानी
नेपालीहरूलाई आफूले संयुक्त राज्य अमेरिका प्रवेश गर्न तथा टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) हासिल गर्न सघाउन सक्ने भनी केही व्यक्तिहरूले दाबी गरेका भनी हालै आमसञ्चारमाध्यममा आएका खबरहरूप्रति अमेरिकी दूतावास चिन्तित छ । यस्ता दाबीहरू झुट्टा हुन् र तिनलाई बेवास्ता गर्नु पर्दछ । २०७२ असार ९ गते वा सोअघि निरन्तर तथा शारीरिक रूपमा संयुक्त राज्य अमेरिकामा उपस्थित रहँदै आएका तथा त्यसपछि पनि संयुक्त राज्य अमेरिकामा नै निरन्तर रूपमा शारीरिक रूपमा उपस्थित रहेका व्यक्तिहरू मात्रै टिपिएसका निम्ति योग्य हुन्छन् ।
२०७२ वैशाख १२ गतेको भूकम्पपछि असार ९ गते संयुक्त राज्य अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाललाई टिपिएसको सूचीमा राखिएको घोषणा गर्यो । संयुक्त राज्य अमेरिकामा पुगी बसोबास गरिसकेका योग्य नेपाली नागरिक (र यसअघि नेपालमा बसोबास गर्दै आएका नागरिकताविहीन व्यक्ति) हरूले टिपिएसका लागि आवेदन दिन सक्नेछन् । यस्तो योग्यता पुग्ने नेपालीहरूका लागि दर्ता अवधि २०७२ असार ९ देखि पुस ६ गतेसम्म रहेको छ ।
टिपिएस एक अस्थायी सुविधा हो र यसले वैध स्थायी बासिन्दासम्बन्धी सुविधा वा अन्य कुनै अध्यागमन सुविधा प्रदान गर्दैन ।
उल्लेख्य रूपमा झुट्टा आश्वासनहरू बढ्दै गएको सम्बन्धमा अमेरिकी दूतावास सर्वसाधारणलाई सचेत रहन सल्लाह दिन चाहन्छ । वास्तवमा टिपिएस के हो र यस प्रक्रियाले कसरी काम गर्दछ भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण छ । टिपिएससम्बन्धी विस्तृत जानकारी http://www.uscis.gov/…/temporary-protected-status-designate…मा प्रदान गरिएको छ । यो वेबसाइट मात्र नेपालीहरूका लागि टिपिएससम्बन्धी आधिकारिक सूचनाको स्रोत हो ।
###
July 24, 2015
U.S. Embassy Warns Nepalis Against Fraudulent Promises
The U.S. Embassy is concerned about recent reports in the media that dishonest individuals are claiming that they can help Nepalis enter the United States and earn Temporary Protected Status (TPS). These claims are false, and should be ignored. ONLY individuals who have been continuously physically present in the United States on or before June 24, 2015 and who continue to remain physically present in the United States are eligible for this status.
On June 24, 2015, the Department of Homeland Security (DHS) of the United States announced the designation of Nepal for TPS (Temporary Protected Status) in the aftermath of the April 25 earthquake. Eligible Nepalese nationals (and people without nationality who last habitually resided in Nepal) who are already residing in the United States may apply for TPS. For Nepalis who meet those criteria, the registration period runs from June 24, 2015 until December 21, 2015.
TPS is a temporary benefit that does not lead to lawful permanent resident status or give any other immigration status.
The U.S. Embassy advises the public to be cautious of a notable increase in fraudulent promises. It is important to understand what TPS is and how the process works by going through the information provided at:http://www.uscis.gov/…/temporary-protected-status-designate… This website is the only source of official information about TPS for Nepalis.
Advertisement