Breking News.. ओभरटेक गर्न खोज्दा घुँडाभन्दा मुनीको खुट्टा नै छुट्टियो..
Advertisement
काठमाडौं, ८ साउन– शुक्रवार बेलुका ललितपुरको नख्खु चोकमा डरलाग्दो सवारी दुर्घटना भयो । ना ५ ख ३७४४ नम्बरको बसले बा ५१ प ५८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा यस्तो डरलाग्दो दुर्घटना भयो कि कसैले हेर्न पनि सकेनन् । दुर्घटनामा मोटरसाइकल चालक रौतहटका १८ वर्षीय आकाश थिङको दाहिने खुट्टा घुँडाभन्दा मुनी छुट्टिएको छ।
खुट्टा जोड्न मिल्छ कि भनेर प्रहरीले थिङको खुट्टा समेत बोकेर अस्पताल पुगेको छ। माइक्रोलाई ओभरटेक गर्ने क्रममा बसले मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शिको भनाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ ।source internetkhabar
Advertisement