.किन घट्यो सुनको भाउ ? कारण यस्तो छ पढ्नुहोस पुरा समाचार
Advertisement

गरगहनाले झरीझुट्टै भएर छमछम नाच्ने नेपाली चेलीको महान पर्व तीज संघारमा छ । तीजको नजिकै आएको बेला सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । महिनौं सुस्ताएको सुनबजारमा यसले चहलपहल बढाएको छ ।
सुनको भाउ अहिले ४ वर्ष अघिकै मूल्यमा फर्किएको छ । गएको हप्ता सुनको भाउ तोलामा २३ सय रुपैयाँले घट्यो । एक्कासी सुनको मूल्यमा यति धेरै गिरावट आएपछि सुन किन्नेको घुईंचो लाग्न थालेको छ । सस्तिएको मौका छोपेर पोहोरपरार जस्तै यसपाली पनि गरगहना किन्न सुन पसल पुगेका कतिपय ग्राहक सुन छैन भन्दै व्यावसायीले पसल बन्द गर्न थालेपछि आक्रोशित भएका छन् ।


सुनको अभाव

सुन सस्तिनु अघि दैनिक १० देखि १५ किलो मात्रै माग हुने गरेकामा अहिले दैनिक ३० किलो भन्दा बढी पुगेको छ । सुनको भाउ तोलामा ५० हजार रुपैंयाको हाराहारीबाट घटेर ४७ हजार २ सय रुपैयाँमा झरेपछि किन्नेको भिड बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । भाउ घट्नु र तीज पनि नजिकिनुले अहिले बजारमा सुनको माग धेरै छ । तर राष्ट्र बैंकले १५ किलो मात्र सुन व्यावसायीलाई दिने भएकाले सस्तो भएपनि अभाव हुने विश्लेषण गरिएको छ ।
किन घट्यो सुनको भाउ ?

सुनको मूल्य अब ४० हजार रुपैंयासम्म झर्ने हो कि भनेर धेरैले अनुमान गर्न थालेका छन् । तर यतिसम्म झर्छ भनेर ठ्याक्कै किटान गर्न नसकिएपनि अहिलेको भन्दा भाउ अझै घट्न सक्ने व्यावसायीको भनाई छ । अहिले भाउ किन घट्यो त ? कारण यस्तो छ :
१. अन्तर्राष्ट्रिय अर्थतन्त्र बलियो बन्दै जानु
२.अमेरिकाको अर्थतन्त्र उकालो लाग्दै जानु । जसका कारण सुनमा भन्दा डलर बलियो हुन थाल्यो ।
३. अमेरिकाको फेडेरल बैंकले व्याज बढाउनु
४. सबैभन्दा धेरै सुनको कारोबार हुने चीनमा माग घट्नु
५. सुनका वस्तुमा आकर्षण बढ्नु र उत्पादन धेरै गर्नु
६.नेपालमा सरकारले भन्सारमा प्रति १० ग्राममा १ हजार रुपैयाँ छुट दिनु
अहिले डलर महंगो हुँदै गएको छ । जसले गर्दा सुनमा भन्दा अरु लगानीका क्षेत्रका आकर्षण बढ्दो छ । त्यसमाथि अमेरिकाको फेडेरल बैंकले व्याजको रकम बढाइदिएपछि अहिले बैंकमा पैसा राख्न आर्कषण बढेको छ ।
सुनमा लगानी गर्नेहरु यतिबेला बैंकमा पैसा जम्मा गर्न थालेका नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बताउनुभयो । महर्जन भन्नुहुन्छ ‘सुनको भाउ अझै घट्न सक्ने अनुमान छ तर यति नै घट्छ भन्ने अनुमान भने गर्न सकिदैन ।’ सोमबार सुनको भाउ आइतबार जस्तै तोलामा ४८ हजार रुपैयाँ छ ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.