.फ्यानले लेखे राजेश हमालको नाममा एक कविता 'राजेश हमाल'पढ्नुहोस पुरा समाचार
Advertisement

भारतमा आफ्ना प्रिय फिल्म सुपरस्टारको नाममा हनुमान चालिसा,मन्दिर मूर्ति बनाएर देउतैजसरी पुज्ने फ्यानहरुको जमात राम्रै छ। नेपालमा भने त्यस्ता फ्यान देखिहालिएको छैन्। नेपालमा राजेश हमाल ठूलो स्टारडम भएका अभिनेता हुन्। उनी जहाँ जान्छन् त्यहाँ भीड जम्मा हुन बेर लाग्दैनन्। राजेश हमाल जत्तिको स्टाडम कुनै नेपाली अभिनेतासँग छैन्। यस्तो व्यापक स्टारडम बोकेका राजेश हमालको नाममा उनका एक फ्यानले कविता लेखेका छन् : राजेश हमाल।

आफ्ना बारेमा लिखिएको उक्त कविता राजेश हमालले आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेका छन्। उक्त कविता हेम प्रवास नामका एक फ्यानले लेखेका हुन्। 'राजेश हमाल' शीर्षकको कबिता यस्तो छ।

राजेश हमाल
हाम्रा हजुरबाले उहिल्यै चिनेका
हाम्रा बाले जमानामा साथी बनाएका
र, हामीले अहिले भर्खरै बुझेको
राजेश हमाल
मान्छेहरुको पनि मान्छे रहेछन् !
सहर पसेको साधारण युवक
गाउँमा पसिना रोपिरहेको किसान
कानुनको पुजारी पुलिस अफिसर
वा, वर्षौंपछि मुगलानबाट फर्केको लाहुरे
हामीले पालैपालो देख्यौँ सबैको अनुहार
राजेश हमालको एउटै अनुहारमा !
कैयन् देशी÷विदेशी युवतीहरुको
सस्तो प्रेमलाई पाखा लगाउँदै
एउटा मान्छे भएर पनि
कसरी निभाए होलान् उनले
त्यति धेरै मान्छेहरुको भूमिका !
कसरी बुझे होलान्–
त्यतिका मान्छेहरुको मनको भाषा !
यस्तो लागिरहेछ–
यो देशको खाँटी नेता त
राजेश हमाल हो ।
राजेश हमालसँग पनि हुँदो हो–
कलेज पढ्दाका दोस्तको सम्झना !
हुँदो हो–
कसैले हृदय निचोरी पठाएको प्रेमपत्र
र, स्कुले जीवन सकिने दिन
साथीहरुले हस्ताक्षर गरिदिएको–
आकाशे रङको कमिज !
स्कुल पढेताका हामी साथीसाथी थियौँ–
बले, गोविन्दे र म !
गाउँको सानो टि.भी.मा हेथ्र्यौँ–
राजेश हमालको सिनेमा– दोहर्‍याइ-तेहर्‍याइ
हामीले त्यसै वेला गरेका थियौँ प्रतीज्ञा–
‘भोलि राजेश हमाल बन्नेछौँ’ !
गाउँको पढाइ सकिएपछि
गयो बले हामीलाई छोडेर
राजेश हमाल बन्न सहरतिर !
कतार पुगेर बालुवामा कमलो छाती धस्दाधस्दै
उतै हरायो ऊ भीडमा
आजसम्म भेटिएन उसको नाम !
गोविन्देले गाउँमै फुलायो यौवन
गाउँमै बन्यो ऊ राजेश हमाल !
कपाल पाल्यो
र, पाल्यो– एक हल गोरु !
प्रत्येक साँझ चौतारोमा केटाकेटीलाई
सुनाइरहेछ उसले आजसम्म
राजेश हमालको फिल्मी संवाद !
यता, सहरको साँघुरो डेरामा छु म
कवि हेमप्रभास अर्थात् राजेश हमाल !
साँझ ढल्किँदै छ क्रमशः
छेवैमा छन्–
विशिष्ट श्रेणीमा एम.ए. पास गरेको सर्टिफिकेट,
नयाँ जागिरको लागि आवेदन दिन
भर्खरै बनाएको बायोडाटा,
गाउँ पठाउन किनी ल्याएको
आमाको दमको ओखती !
र, म सम्झिन खोजिरहेछु–
घरधनीसँग गर्नुपर्ने अभिनयको लागि
राजेश हमालको कुनै संवाद !
किनकि,
मैले बिहानै सुनिसकेको छु–
भोलि डेरा खाली गरिदिनुपर्ने
अन्तिम चेतावनी !source kala.setopati

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.