जब उर्मिला एक रातमै बिल गेट्सभन्दा धनी बनिन्
Advertisement
लखनउ । महिनामा दुई हजार कमाउने उर्मिला यादव एकै रातमा दुनियाकै सबैभन्दा धनी महिला बनिन् । जति पैसा माइक्रोसफ्टका संस्थापक बिल गेट्स, भारतकै चर्चित कम्पनी रिलायन्सका प्रमुख मुकेस अम्बानी, स्टील किंग लक्ष्मी निवास मित्तलसँग नहोला त्यति पैसा उर्मिलाको बैंक खातामा जम्मा भयो ।
लखनपुर स्थित यूपीएसआईडीसीमा अवस्थित भारतीय स्टेट बैंक मिनी ब्रान्चमा मदारपुर विनायकपुर निवासी उर्मिला यादवको नाममा रहेको खाता (35014400299)मा रकम जम्मा भएको हो ।
३० वर्षिय उर्मिलाको बैंक खातामा जम्मा २ हजार रुपैयाँ थियो । यसै दौरान बैंकको सर्भरमा खराबी आयो र उनको खातामा ९ लाख ५७ हजार करोड रुपैँयाजम्मा हुन पुग्यो । यसको जानकारी उनले गत शुक्रबार पाइन्, जब उनले आफ्नो पासबुक अपडेट गराइन् ।
१४ अंकको धनराशी देखेर उड्यो होस्
पासबुक अपडेट गरेपछि उर्मिलाले बैंकका स्टाफसँग आफ्नो खातामा कति रुपैँया छ भनेर सोधिन् । त्यसपछि ति स्टाफले पासबुकमा हेर्दा त होस् हवास् नै उड्यो । खातामा १४ अंकको धनराशी देखेपछि ति कर्मचारी सिधै मेनेजरको पास गए ।
मेनेजरले विश्वास नलागेर फेरि चेक गरे । तर, त्यो वास्तविकता थियो । त्यसपछि उनले तत्काल बैंकको हेड अफिसमा फोन गरेर जानकारी गराए । उर्मिला पनि आफ्नो खातामा एक्कासी त्यत्रो पैसा कसरी आयो भनेर अचम्मित भइन् । त्यो दिन अवेर रातिसम्म पनि उनको खातामा सोही परिमाणमा पैसा थियो । त्यसपछि बल्ल बैंकले पैसा तान्यो ।source:canadanepal
Advertisement