जानी राखौ -तपाइँको स्मार्टफोनले गर्न सक्ने ६ अनौठा काम जुन तपाइँलाई थाहै थिएन एक पटक गरेर हेर्नुस् चकित पर्नु हुनेछ
Advertisement

के तपाइँसँग स्मार्टफोन छ ? यदि छ भने तपाइँलाई थाहा नभएको हुन सक्छ जुन काम तपाइँको स्मार्टफोनले गर्न सक्छ । यसमा कलिङ, च्याटिङ र म्यासेजिङ वा इन्टरेनटको काम त सबै गर्छन् तर अलि फरक काम बारे तपाइँलाई थाहा नहुन सक्छ ।
यी हुने स्मार्टफोनले गर्न सक्ने ६ अनौठा कामः

१ रिमोट कन्ट्रोल
तपाइँको टिभी, स्पिकर, DVD प्लेयर वा अन्य डिभाइसको रिमोटले काम गर्न छोड्यो भने शुरुमा हामीले ब्याट्री बदल्छौं । तर ब्याट्री बदल्दा बनेन भने चाँहि हामीले यो ठिक भएको वा नभएको कुरा पत्ता लगाउन सक्दैनौं ।
स्मार्टफोनले यो कुरा पत्ता लगाइदिन सक्छ । तपाइँले रिमोटको सेन्सर फोनको क्यामेरा नजिकै राखेर रिमोटको बटन थिच्नुस् । यसो गर्दा सेन्सरको लाइट ब्लिङ्क ग‍र्‍यो भने रिमोट ठिक छ गरेन भने ठिक छैन ।
२ इयरफोनले फोटो खिच्ने
हुन त स्मार्टफोनको इयरफोन म्युजिक वा एफएम रेडियो सुन्नका लागि मात्र काम आउने मात्र ठानिन्छ । तर तपाइँलाई थाहा नहुन सक्छ इयर फोनले तस्विर पनि खिच्न सकिन्छ ।
खासमा इयरफोनमा हुने पज वा प्ले बटनको प्रयोग गरेर स्मार्टफोनबाट फोटो खिच्न सकिन्छ । त्यसैगरी भोल्युम बढाउने र घटाउने ठाउँबाट जुम इन र जुम आउट गर्न सकिन्छ । सबैभन्दा सजिलो सेल्फी तस्विर खिच्ने समयमा हुन्छ ।
३ प्यानोरमा शट्स
अहिले बजारमा पाइने सबै स्मार्टफोनमा प्यानोरमा शट्समा तस्विर खिच्ने सुविधा हुन्छ । यो फिचर छैन भने पनि गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । प्यानोरमा शट्समा ३६० डिग्री सम्मको तस्विर खिच्न सकिन्छ । स्मार्टफोनमा प्यानोरमा शट्स खिच्दा खिच्दै पछाडी हट्ने वा अन्य लोकेशन देखाउने हो भने एकै पटक विभिन्न प्यानोरमिक शट्स खिच्न सकिन्छ ।
४ फोन खोज्ने सुविधा
स्मार्टफोन साथमा हुँदा त विभिन्न काम गर्न सकिन्छ नै यसको विशेषता के हो भने यो हरायो भने पनि खोज्न सकिन्छ । स्मार्टफोनमा फोन लोकेटर डाउनलोड गर्ने हो भने तपाइँको फोनमा भएका डाटा कन्ट्रोल मात्र होइन यो कहाँ छ भन्ने समेत थाहा पाउन सकिन्छ । यसका लागि डिभाइस म्यानेजर एक्टिभेट भएको हुनु पर्छ । फोन नभेटिएमा कम्तिमा डाटा डिलिट गर्ने सुविधा यसमा हुन्छ ।
५ लेन्सको क्वालिटी बढाउने
स्मार्टफोनको क्यामेरा राम्रो भएपनि कतिपय तस्विर राम्रो हुँदैन । यस्तो अवस्थामा तपाइको मोबाइलको क्यामेराको लेन्समा एक बुँद पानी लगाएर तस्विर निकाल्नु भो भने राम्रो तस्विर निकाल्न सकिन्छ । खासमा यसो गर्दा तपाइँको फोनको जुम राम्रो हुन्छ । यसले विना जुम साना साना चिज समेत देखाइदिन्छ । क्लोजअपमा कुनै पनि तस्विर खिच्नका लागि यो काइदा राम्रो हुन्छ ।
६ फोनको साउण्ड क्वालिटी
कतिपय अवस्थामा हामीले फोनमा मात्र बजाएको म्यूजिक साउण्डले पुग्दैन । आवाज बढी भए हुन्थ्यो जस्तो हुन्छ । यसका लागि एउटा ट्रिक प्रयोग गर्न सकिन्छ । तपाइँको स्मार्टफोनलाई एक खाली जारमा राखेर म्यूजिक बजाउनु भो भने यसको साउण्ड अत्याधिक ठूलो हुन्छ । जसले गर्दा तपाइँले चाहे जस्तो ठूलो आवाजमा म्यूजिक सुन्न सकिन्छ ।source:nepaliheadlines

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.