विभिन्न स्थानमा सवारी साधनमाथि आगलागी, दर्जन बढी कार्यकर्ता पक्राउ
Advertisement

काठमाडौँ, ८ साउन - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दले विहानैदेखि देशभरको जनजीवन प्रभावित भएको।

बन्दले शुक्रबार बिहानैदेखि सडकमा सार्वजनिक यातायातका कुनै पनि सवारी साधन चलेका छैनन्। छिटफुट रुपमा मोटर साइकल र एम्बुलेन्स, प्रेस लगायतका अतिआवश्‍यक सवारी भने चलेका छन्।

बन्द गराउँदै हिड्‍ने नेता कार्यकर्तालाई प्रहरीले कोटेश्‍वर, बानेश्‍वर, चाबहिल क्षेत्रबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइली, माओवादी पोलिटब्युरो सदस्य तिलक परियार, केन्द्रीय सदस्य चिरञ्‍जीवी ढकालसहित दर्जन बढी नेता कार्यकर्ता रहेका छन्।

बन्दमा हुने अराजक गतिविधी रोक्क देशभरको सुरक्षा व्यवस्था कडा बनाइएको बताइएपनि बन्दकर्ताले भक्तपुरको राधेराधेमा बा ७ प ३८५७ नम्बरको स्कार्पियो र जडिबुटीमा एउटा बसमा आगजनी गरेका छन्। त्यस्तै लोकन्थली र सानोठिमीमा बा ७ प ७८३९ नम्बरको मारुती भ्यान तथा बा १३ प २०३ नम्बरको कार बन्दकर्ताले तोडफोड गरेका छन्।

यस्तै बिहान महाराजगञ्ज चोकमा डिलक्स बसमा बन्दकर्ताले तोडफोड गरेका छन्। उनीहरु राजधानीको चोकचोकमा भेला भएर बन्दको पक्षमा प्रदर्शन गरिरहेका छन्। source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.