दाङमा गत बिहिबार हत्या गरिएकी देवकी बिश्वकर्माको पाँच दिन पछि मकैबारीमा गाडिएको अबस्थामा भेटियो
Advertisement
११ साउन, दाङ ।
दाङमा गत बिहिबार हत्या गरिएकी देवकी बिश्वकर्माको पाँच दिन पछि मकैबारीमा गाडिएको अबस्थामा टाउकोमात्र फेला परेको छ । हत्याको अभियोगमा देवकीको ज्वाई नाता पर्ने ३८ बषिर्य रमेश बिश्वकर्मालाई खुकुरीसहित पक्राउ गरेपछि घटनाको रहस्य खुलेको हो ।
प्रहरीको अनुसन्धानको क्रममा मृतक देवकी र हत्या आरोपी रमेश दुवैजना मानसिक रोगी रहेको खुलेको छ । देवकी २५ बर्ष देखि त्रिपुर ४ सौरीमा दाजु डम्बरबहादुर बिश्वकर्माको घरमा बस्दै आएकी थिइन । बिहिबार बहिनी विमला बिश्वकर्माको घरमा आएको बेला उनको हत्या भएको प्रहरीले जनाएको छ ।source:nepaliheadlines
Advertisement