ईमेल, फेसबुक, ट्वीटर एकाउन्ट आदीको यसरी सुरक्षित राख्नुस् आफ्नो पासवर्ड
Advertisement

काठमाडौं, श्रावण ११ । सूचना प्रविधिको विकाससँगै यसका दुरुपयोगका घटना पनि बढ्दो छ । ईन्टरनेटमा ह्याकरहरुको बिगबिगी बढ्दो छ । ईमेल, फेसबुक, ट्वीटर एकाउन्ट ह्याक हुने क्रम बढ्दो छ । त्यसैले प्रयोगकर्ताले नै आफ्नो एकाउन्टको सुरक्षा आफैं गर्नु बुद्धिमानी हुने देखिन्छ ।

आफ्नो एकाउन्ट ह्याक हुन नदिन पासवर्ड सुरक्षित राख्नु सबैभन्दा भरपर्दो उपाय हो । पासवर्ड जति लामो हुन्छ, त्यति नै सुरक्षित मानिन्छ । तर कहिलेकाहीँ लामो पासवर्ड राख्ने चक्करमा आफ्नो पासवर्ड के हो भन्ने पनि बिर्सन सकिन्छ ।
कतिपयले मोबाइल, मेल, फेसबुक, ट्वीटर आदिजस्ता एकाउन्टमा एउटै पासवर्ड प्रयोग गर्दछन् । तर सुरक्षाका दृष्टिले यो गलत हो । किनकी एउटै चाबी सबैठाउँमा प्रयोग गर्नुको अर्थ हो– एउटा ताला फुटाएपछि सबै ढोका खुल्नु ।
परिवारका सदस्यको नामलाई कहिल्यै पनि पासवर्डका रुपमा प्रयोग नगर्नुस् । किनकी ह्याकरका लागि तपाईको परिवारको सदस्यको नाम पत्ता लगाउन सहज हुन सक्छ । त्यसैगरी सार्वजनिक स्थल, चर्चित क्लवहरु जस्ताको नाममा पनि पासवर्ड नराख्नुस् । १२३४५ जस्ता सजिलै आँकल गर्न सकिने नम्बरलाई पनि पासवर्ड नराख्नुस् ।
पासवर्ड यस्तो राख्नुस्, जुन लामो पनि होस् र तपाईको मनमा छुने वाक्य होस् । सोही वाक्यका शब्दलाई अघि–पछि पार्दै बीचमा आफ्नो रोजाईको कुनै अंक मिसाएर अलग–अलग एकाउन्टका लागि बेग्लै पासवर्ड बनाउन सक्नु हुन्छ । एउटा भाषामा कुनै अर्को भाषाका शब्द मिलाएर पासवर्ड राख्नु भयो भने त्यो अझ राम्रो र सुरक्षित हुन्छ ।
पासवर्ड बिर्सने डरले तपाई आफ्नो डायरीमा त्यसलाई नोटका रुपमा लेख्दै हुनुहुन्छ भने कथा, कविताका रुपमा केही लाइन थपेर लेख्नुस्, ताकि कसैले त्यसमा तपाईको पासवर्ड छ भन्ने चाल पाउन नसकोस् ।
आफ्नो मोबाइललाई सँधै सुरक्षित राख्नुस्, किनकी त्यसमा तपाईकोबारे धेरै जानकारी हुन सक्छ ।source:imagechannel



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.