पारस बुधबार अस्पतालबाट डिस्चार्ज हुने
Advertisement
काठमाडौं : नर्भिक अस्पतालमा उपचारको क्रममा रहेका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा केही सुधार भएको छ । पारस बुधबार अस्पतालबाट डिस्चार्ज हुने भएका छन्।
स्वास्थ्यमा सुधार देखिएपछि उनलाई आइसियूबाट निजी क्याबिनमा सारिएको छ। मुटुमा समस्या देखिएपछि पारसलाई आइतबार नर्भिकमा भर्ना गरिएको थियो। उनको मुटुमा विशेष प्रकारको पेसमेकर जोडिएको छ।

Advertisement