हेर्दै नहेरी अघि बढदै थिइन्, पाँचजना केटाले घेरिसकेछन् । केही नगर्न हात जोडेर बिन्ती गरिन् । उनीहरू झन् नजिक आए । केही नचलेपछि चिच्याइन् ।
Advertisement

                                                          ‘यसरी निस्किएँ नर्कबाट’
१३ साउन, वीरगन्ज ।
रक्सौलको सडक । रातको करिब साढे ९ बजेको थियो । १५ वर्षीया एक किशोरी सानो कुम्लो बोकेर छिटो–छिटो पाइला चालिरहेकी थिइन् । सडक सुनसान थियो । रेल स्टेसनबाट भन्सार इलाकातिर आउँदा बीचको अनकन्टार भागमा पुरुष बोली सुनियो ।

हेर्दै नहेरी अघि बढदै थिइन्, पाँचजना केटाले घेरिसकेछन् । केही नगर्न हात जोडेर बिन्ती गरिन् । उनीहरू झन् नजिक आए । केही नचलेपछि चिच्याइन् । भाग्यवश नजिकै एउटा मोटरसाइकल रोकियो । उसले पुलिसलाई खबर गरेको प्रस्टै सुनियो । केही मिनेटमै प्रहरी भ्यान आइपुग्यो । जिस्क्याउने केटाहरू कुलेलाम ठोके ।
उनी हुन् १५ वर्षीया थारू युवती । भारतमा बेचिएकी उनी अर्केस्ट्रारूपी ‘कोठी’ बाट बल्ल–बल्ल भागिन् । परिबन्दमा बेचिएकी उनी बाटामा फेरि झन्डै सामूहिक बलात्कारको सिकार भइन् ।
आउनुहोस्, पढौं, उनको मार्मिक जीवन–संघर्ष ।
बाउले रक्सी खाएर आमालाई सधैं कुट्थे । आमाले धेरै सहिन् । कहिल्यै हात फर्काइनन् । बरु असह्य भएपछि एकदिन अर्कैसँग गइन् ।
उनी ८ कक्षामा पढ्थिन् । भाइ ३ मा । आमाले मेलापात गरेर उनीहरूलाई पढाएकी थिइन् । जब उनी हिँडिन्, कुट्ने श्रीमती नपाएपछि बाउ घरमै आउन छोडे । पढ्ने त परै जाओस्, चुलो जोर्ने स्रोत पनि भएन उनीहरूसँग । बहिनीको दुर्घटनामा मृत्यु भयो ।
बिचल्लीमा परेपछि उनी र भाइ किताबकापी च्यापेर फुपूको घरमा पुगे । त्यहाँ उस्तै बिजोग थियो । फुपाजू बितिसक्नुभएको । फुपूलाई आफ्नै सन्तान सम्हाल्न हम्मे थियो । त्यसमाथि थपिए उनीहरू । आजको कान्तिपुरमा खबर छ ।
काम खोज्दै हिँडेकी एउटी दिदी काठमाडौंमा छु भन्छिन् । भारततिर पुगेकी अर्की दिदीले उतै बिहे गरिन् । ‘दिदी भएको ठाउँ पत्ता लाउन पाए त,’ उनले सोचिन्, ‘बरु उतै जाने थिएँ ।’ नभन्दै त्यही गाउँमा माइती भएकी सीता पटेल एक साँझ उनको फुपूको घरमा आइन् । ‘भारतमा तेरो दिदीलाई मैले भेटेर आएकी । तँ पनि भेट्न जाने भए हिँड्,’ उतै बिहे गरेकी उनले भनिन्, ‘काम पनि पाइन्छ । फुपूलाई सधैं के दु:ख दिन्छेस् ?’source:nepaliheadlines

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.