.प्रचण्डलाई कालो झण्डा देखाउने तयारी, सुरक्षा ब्यवस्था कडा
Advertisement
८ वर्ष सम्म अड्किएको संविधानको मस्यौदामा सहमति जुटाएर गाउँ गाउँमा त्यसमाथि सुझाव संकलनका लागि जान लागेका नेताहरु आक्रमणमा पर्न थालेका छन् । रौतहटमा माधव नेपाललाई कुर्सी प्रहार गरिएको छ भने नुवाकोटमा अर्थमन्त्रीको गाडीमा पेट्रोल बम प्रहार हानिएको छ ।
उता जनताको राय सुझाव बुझ्न नुवाकोटको गणेशस्थानस्थित छेदीखोला पुग्दा अर्थमन्त्री रामशरण महतको गाडीमा पेट्रोल बम प्रहार भएको हो । बम प्रहारबाट गाडीमा हल्का क्षति भएपनि मन्त्री महत सकुशल छन् ।
कसले के उद्देश्यले बम हानेको भन्ने खुल्न सकेको छैन । मन्त्रीनै असुरक्षित भएपछि नुवाकोटमा सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
प्रचण्डलाई कालो झण्डा
५ दिने भारत भ्रमणबाट फर्किए लगत्तै संविधानको मस्यौदामाथि जनमत बुझ्न निर्वाचन क्षेत्र सिराहा जान लागेका एमाओवादी अध्यक्ष प्रचण्डलाई पनि विरोधको समाना गर्नु पर्ने देखिएको छ । मधेशी मोर्चा सम्बद्ध युवा संगठनहरुले प्रचण्ड लगायतका सभाषदलाई कालो झण्डा देखाउने तयारी गरेका छन् ।
असन्तुष्ट मधेशी तथा जनजाति दलहरुले संविधानको मस्यौदामाथिको जनमत संकलन बहिस्कार गर्ने र विथोल्ने घोषणा गरेका थिए
प्रचण्डमाथि आक्रमण हुन सक्ने भन्दै सिराहामा सुरक्षा ब्यवस्था कडा तुल्याइएको छ । sou taja khabar
Advertisement