.जनकपुरमा व्यापक झडप, नेताहरुको टाउको गम्भिर चोट (फोटो फिचर)
Advertisement
किरण कर्ण, मिडिया एनपी, जनकपुर, ४ साउन । नयाँ संविधानको मस्यौदामाथिको सुझाव संकलन कार्यको विरोधमा जनकपुरमा व्यापक झडप भएको छ । जनकपुर उद्योग वाणिज्य संघको मुलद्वारमा सुझाव संकलन कार्यको विरोधमा उत्रिएका राजनीतिक दलका नेता र प्रहरीबीच झडप भएको हो ।
त्यसैगरी तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय उपाध्यक्ष वृषेश चन्द्रलाल, सभासद डा.विजय सिंह, सदभावना पार्टीका केन्द्रीय सदस्य लाल किशोर साह, धनुषा अध्यक्ष संजय सिंह र महिला नेतृहरु माथि पनि प्रहरीहरुले लाठी चार्जबाट घाइते भाएका छन् । प्रहरीको लाठी प्रहारबाट सुशिल कर्ण गम्भिर रुपमा घाइते भएका छन् ।
उनको अण्डकोषमा चोट लागेपछि थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।
संविधानको प्रारम्भिक मस्यौदा मधेश विरोधमा रहेको भन्दै विहानै देखि जउवा संघको मुलद्वारमा प्रदर्शनकारीहरुले धर्ना दिई रहेको छन् । भने अहिले सो क्षोत्र तनाग्रस्त बन्नेको छ । सो स्थानमा अहिले ढुंगा मुढा भईरहेको छ ।
Advertisement