भूकम्पमा यसरी बाँचिन् नेपालकी जिवित देवी कुमारी (विश्वभरी समाचार)
Advertisement
काठमाडौं ।
साँच्चिकै भन्नु पर्दा नेपालको सांस्कृतिक विभिदता साँच्चिकै अनौठो र वृहत छ । यहाँ विभिन्न संस्कृति अनुसारका आफ्नै आफ्नै देवता र देवी छन् । यस्तै अनौठी देवी अर्थात जिवित देवी हुन् काठमाडौं उपत्याकामा ठूलो महत्व रहेकी कुमारी । नेपालमा कुमारी देवी विविध कारणले महत्वकी मानिन्छन् ।
कुमारीलाई वर्षेनी जीवित देवीका रूपमा अनेकौं आकर्षक बाजागाजा, भैरव महाकाली र लाखे नृत्य आदि सांगीतिक झाँकीहरूका साथै गणेश, भैरव जस्ता जीवित देवताहरू एवं विशाल लावा लस्कर अघि पछि लगाई विशिष्ट कलात्मक रथमा काठमाडौं नगर परिक्रमा गराइन्छ । आश्विन–कृष्ण चौथीको साँझमा कुमारी देवीको हातबाट टीका र फूलपाती ग्रहण गरिसकेपछि यजात्रा सम्पन्न हुने चलन नै छ ।
अहिले पनि राष्ट्राध्यक्ष कुमारी जात्रामा सहभागी हुन्छन् । मध्यकालीन समय देखि ने राजकुलकी शक्तिस्वरूपा देवी तुलजा भवानीकी प्रतीक मानिन्छिन् कुमारी । उपत्याकामा तेह्रौं शताब्दी भन्दा अघिदेखि नै बाहल तथा बहिलहरूमा कुमारीको प्रतिष्ठापन भइसकेको इतिहास छ ।
यसरी राज्यकी कुमारीलाई सम्मान गर्ने प्रचलन आजसम्म पनि कायमै छ। जुन नेपाली संस्कृतिको एक अमूल्य निधिका रूपमा हालसम्म पनि प्रचलनमा रहेको छ ।तर यस पटकको प्रलयकारी भूकम्पले भने जिवित देवी मानिएकी कुमारीलाई पनि अछुतो राखेन । कहिल्यै पनि सार्वजनिक सडकमा नहिँड्ने जीवित देवी मानिएकी कुमारीलाई समेत १२ बैशाखको भूकम्पका कारण सडकमा भाग्नु पर्ने अवस्था आयो ।
स्रोत : नेपाली हेडलाइन्स
Advertisement