,हामीले यसरी गर्यौँ बिहे.....
Advertisement
म चाहन्थेँ विहे नै नगरुँ। दुलही बनेर तामझाम गर्ने रहर मलाई कहिलै भएन।
उमेर बढ्दै गएपछि परिवारको दबाब खपिनसक्नु थियो। अलि पछि त साथि भाई र सहकर्मी समेत थपिए। तर म आफ्नो अडानमा अडिग थिएँ।
म मात्रै हैन मेरो साथि पनि यहि अडानमा थियो मसंगै। हामी संसारसित सगसंगै लडिरहेका थियौँ।तर संसारसँग लड्दा लड्दा थाकेका हामी दुवै एक अर्कासँग भावनात्मक रुपले सुरक्षित महसुस गर्न थाल्यौ र हाम्रो मित्रतालाई विहेमा परिणत गर्न सकिन्छ भनि छलफल ग¥र्यौ।
अन्तत विहे गर्ने निष्कर्षमा पुगियो।
हाम्रो विहे नगर्ने अडानले आजित बनेका हाम्रा आमाबुवा यो निष्कर्ष सुनेर सबभन्दा बढी खुसी भए। विहेको निर्णय त ग¥यौँ तर कसरी गर्ने? मलाई त झकिझकाउ दुलहि बन्नु थिएन।
मानवअधिकार र विशेषगरी महिला अधिकार सम्बन्धी अध्ययन अनुसन्धान गर्ने सहकर्मी भएकोले उसले मेरो कुरा राम्ररी बुझ्थ्यो।
महिला माथि लादिएका पितृसतात्मक मूल्यमान्यताको विरोधी त उ पनि हो। महिलाले पारिवारिक बोझ र चुलोचौकोको घेराबाट बाहिर ननिस्कीएसम्म समाजलाई ठोस योगदान दिन सक्दैनन् भन्ने आदर्शका समर्थक हौँ हामी।
मैले मात्रै हैन, मेरो साथि आफै पनि विवाहको पारम्परिक प्रक्रिया या सम्पूर्ण विधिविधानलाई महिलावादी सिद्धान्तहरुको कसीमा राखेर हेथ्र्यो।
उसको र मेरो बीचमा विहे कसरी गर्ने भन्ने बहस नै चल्यो।
लाउरा मुलभेइले पुरुष हेराईले महिलालाई आनन्दको लागि हेरिने वस्तुको रुपमा लिन्छ भनेकी छिन्। उनको यो सिद्धान्त सापटी लिदँै हामीले विश्लेषण ग¥यौँ, एक हिन्दु विवाहमा कसरी सामाजिक हेराइले पितृसतात्मकतालाई प्रश्रय दिएको हुुन्छ।
‘थाहा छ,सिन्दुर र पोते जस्ता विवाहका प्रमुख प्रतीकहरुले पितृसतात्मक प्रभुत्वको छनक दिन्छ।’ मैले भन्ने गर्थें ‘गाईवस्तुलाई डाम्ने फलाम जस्तै सिन्दुर महिलालाई कुनै एक पुरुषको स्वामित्वमा रहेको वस्तुजस्तो देखाउने चिह्न र पोते गाईवस्तु बाँध्ने दाम्लो जस्तो हो।’
“म त हाम्रो विहेमा सिन्दुरपोते लगाउँदिन है”मैले प्रस्ताव राखेँ। मनले नै श्रीमान मानिसकेपछि प्रतीकहरुको के काम? के ती प्रतीकहरु मात्र पवित्रताका द्योतक हुन त? के मनको पवित्रता सबैभन्दा उच्च हैन र ?
उसको समर्थन हुन्छ भन्ने मलाई थाहा थियो ।
‘बिहे त सबैले गर्छन तर आपूmले वकालत गर्ने आदर्श व्यवहारमा उतार्नु र नौलो ढंगले विहे गर्नु पो रमाइलो। कसैले यसलाई नजीर माने गजब भो नमाने हाम्रो सानो विद्रोहले हामीलाई त आनन्द दिन्छ। लेट्स स्टिक टु द आइडिया – वि विल फेस टुगेदर द अबभियस रेजिस्टेन्स फ्रम आवर फेमिली।’
जुनसुकै कुरालाई पनि दार्शनिक दृष्टिकोणबाट विश्लेषण गर्न खप्पिस उनले सहमति मात्रै हैन बरु सिन्दुर, पोते, टीका, गरगहना, चुराजस्ता पवित्रतासँग सम्बन्धित रुढिवादी चिन्तनले कसरी महिलालाई प्रतीकात्मकरुपमा दमन गरेको छ भन्ने विषयमा पाश्चात्य नारीवादी सिद्धान्तहरुको उद्धरण गर्दै विश्लेषण ग¥यो ।
हुनपनि गरगहनाले सजिने तथा एक अर्कालाई सुनचाँदी दिनुपर्ने संस्कृतिले दुवैको परिवारलाई धेरै आर्थिक भार पर्दछ। यहि चलनले समाजमा महिलाको ज्यानै जानेसम्मका विसङ्गति निम्त्याएको छ।
गोडा धुने तथा ज्वाइलाइ ढोग्ने,बुहारीले ढोग्नुपर्ने भन्ने मान्यताहरु पनि जबरजस्ती लादिने संस्कार हुन हाम्रो समाजमा।
हामीले भने दुवैपक्षका व्यक्तिलाई दुवैले टाउको झुकाएर आर्शीवाद आफ्नै संस्कार बनायौँ। हाम्रो विहेको विधान तय भयो, ५ मिनेटको शान्ति पाठ र एकअर्कालाई माला लगाइदिने।
हामी आफैले बनाएको विधिविधान परिवारजनलाई किन मान्य हुन्थ्यो र? त्यो माथि संस्कारको पाला गर्ने गराउने जिम्मा पाएका महिलाहरुलाई । परिवारका महिला वर्गले मलाई विवाहको पवित्रताको बारेमा सम्झाउनु भयो। सिन्दुर पोते नलागाई बिहे नै नहुने सम्मका तर्क सुनेर म भने अचम्म परेँ।
‘मैले त चुरा पोते लगाइदिन्न।’ हुनेवाला ज्वाइँले नै यसो भनेपछि बल्ल मेरा आफन्त चुप लागे।
मैले दुलहीले झैँ सारी लगाएकी थिइन।
‘५ मिनेट भएपनि साडी लगाएर भित्राउन पाए हुन्थ्यो,’ उसको परिवारको रहर थियो।
‘देखावटी किन गर्नुप¥यो?’ मेरो साथिले आफ्नो परिवारलाई सम्झायो।
हाम्रो विहे सम्पन्न भयो।
पितृसतात्मक मूल्यमान्यतालाई निरन्तरता दिने कार्य महिलाद्धारा नै भएको छ। हाम्रो विहे गर्ने तरिकालाई धेरै पुरुष साथी तथा आफन्तले सहमती दिए। महिलाहरुले त धर्म संस्कार र इज्जतको हवला अझै पनि दिन्छन् र मलाई सिन्दुरपोते लगाउन सुझाउँछन्।
‘तिमीले सिन्दुरपोते नै लगाउँदीनौ तिमीहरुको बिहेलाई पनि के बिहे भन्नु र खै।’ यस्ता सवाल सुन्दा सुन्दा म आजित भएकी छु अचेल। आपूm वरपरको कथित शिक्षित समाजका महिलाहरुमै यसरी जड्कीएको छ हाम्रो संस्कृति।
पतिलाई ‘परमेश्वर’र पत्नीलाई ‘चरणकी दासी’ मान्ने चिन्तन उनीहरुले कति सजिलै पचाएका छन् र त्यही संस्कारलाई निरन्तरता दिएका छन्।
उनिहरुले मलाई दबाब दिइरहँदा झर्को नलाग्ने हैन तर पनि म उनीहरुका प्रति सहानुभुति राख्छु। महिलालाई सानै देखि यहि सिकाइएको छ। उनीहरुको मनोविज्ञान नै संस्कारलाई निरन्तरता दिनुमा आफ्नो सुरक्षा देख्दछ। पति, उसको परिवार र संस्कार कै वरिपरि घुमेको हुन्छ धेरै महिलाको सिंगो जिवन।
मलाई लाग्छ,पितृसतात्मक प्रणालीले महिलालाई षडन्त्रपूर्वक मनोवैज्ञानिक दासताको शिकार बनाएको छ। आपूmमाथि भएको मनोवैज्ञानिक दमनको बारेमा थाहा नै पाउदैनन र अचेतन रुपमानै पितृसतात्मक सोचलाई निरन्तरता दिइरहेका हुन्छन महिलाले। त्यसैले ‘महिलानै महिलाका शत्रु हुन भन्ने’ आमकथन मलाई गलत लाग्छ। महिलाहरुबीच द्धैषभाव जन्माउन पितृसतात्मक प्रणालीकै अदृश्य भूमिका रहन्छ।
केही नलागे पनि आफन्तले ‘बुढाबुढी भएका बाबुआमाको खुशीको लागि केही संस्कार त पुरा गरिदिनु पर्दछ भन्नु हुन्छ। तर हामीलाई देखावटी रुपमा परम्परा अंगालेर पाखण्डी हुने रहर लागेन। देखावटी रुपमा परपम्परालाई अगाल्नु परम्पराकै बेइज्ज्त गर्नु हो। पाखण्डले बचाएको परम्परा को कुनै पनि अर्थ हुन्छ जस्तो मलाई लाग्दैन। यसको मलतब हामीले अंगालेको बाटो मात्र सबैका लागि सही हो भन्ने हैन। तर हामीले जे ग¥र्यौ आत्मा साक्षी राखी आप्mनो ब्रह्मले जे सही देख्यौं त्यहि गर्यौँ।
हामीलाई लाग्यो — विहे सिन्दुर, पोते र चुरा होइनन बरु विशुद्ध मन, वचन र कर्मले जीवनको यात्रालाई एकअर्काको साथले सहज, सुन्दर र सम्मानित बनाउन सकिन्छ। संस्कृतिको पालना गर्ने वा नगर्ने भन्ने सवाल नितान्त व्यक्तिगत कुरा हो। सबैसँग आप्mनो शरीरमाथिको अधिकार हुन्छ र एक वयस्क चेतनशील मानिसले आप्mनो लागि के ठीक वा गलत भनेर छुट्टाउन सक्ने मानसिक सार्मथ्य राख्दछन्।
...
महाभुकम्प पछि पनि दिनदिनै परकम्पहरु गैरहेकै छन्। त्यत्रो त्रासबाट बाहिर निस्कीनै पाएका छैनौँ साउन आइहाल्यो। हरियो तथा रातो पहिरनमा सजिएका युवती र विवाहित महिलाले साउनलाई हरियो बनाउने कुनै कसर छोडेका छैनन्।
महिलाहरु साच्चिकै सुन्दर हुन्छन र पारम्परिक श्रृंगारले उनीहरुको सुन्दरतालाई झनै निखारेको हुन्छ, सबै यसै भन्लान। यसो भन्नु जायज नै होला। मेरो यसमा केही भन्नु छैन।
म यही समाज कि यूवती हुँ र पनि पारम्परिक श्रृङ्गारपटारले खासै रोमाञ्चित बनाएन मलाई। पहिले मलाई श्रृङगार गरे पनि नगरेपनि कसैले केही भन्थे। मेरो विहे भएको छ। मलाई सिन्दुर, पोते, चुरा लगायतका पहिरनमा पटक्कै रुचि छैन, त्यसैले लगाउँदिन। तर यो अरुचि मेरो सानो संसारमा एउटा प्रश्न भएर तेर्सिएको छ। छरछिमेकी र आफन्तहरुले मेरो विवाहमा नै प्रश्न गर्न थाले। म खासै लेख्ने मान्छे होइन तर यो लेख लेख्न बाध्य भएँ।
कुनै दिन मलाई सिन्दुर, पोते, हरियो चुरा लगाउन मन लाग्यो भने म निर्धक्क लगाउने छु। त्यो आफ्नो खुसीका लागि हुने छ।कसैलाई रिझाउन हैन।source setopati
Advertisement